गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४६
Dho

गौमुल-४ ले वडामा विपदले गरेको क्षतिको अनुगमन गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ १६, २०८१
गौमुल-४ ले वडामा विपदले गरेको क्षतिको अनुगमन गर्ने

बाजुरा : गौमुल गाउँपालिका–४ नम्बर वडा कार्यालयले विपदमा परेका वडा जनताहरुको क्षतिको विवरण लिन प्रत्येक टोलमा अनुगमन गर्ने भएको छ । वर्षाको समयमा विपदमा परेका जनताहरुको प्रत्यक्ष अवस्था बारे बुझ्न र क्षतिको विवरण संकलनका लागि अनुगमन गरिने वडा अध्यक्ष अमर विकले बताएका छन् ।

वडामा आज गरिएको समीक्षा बैठकमा विभिन्न बस्तीहरु विपदको जोखिममा रहेको र केही बस्तीमा क्षति भएकोले तत्काल टोलमा पुग्ने निर्णय गरिएको बताए । सम्पूर्ण विपदको अनुगमन गरी आवश्यक राहत तथा उद्दारका लागि वडा सरकार र पालिका सरकारमा पहल गर्ने उनले बताएका छन् ।

मनसुन बाहिरिने समय अझै बाँकी रहेका कारणले सबै जनताहरुले सुरक्षित रहन र वडा सदस्य तथा विपद जोखिम व्यवस्थापन सम्पर्क व्यक्तिहरुलाई जानकारी गराउन वडा अध्यक्ष विकले अनुरोध गरेका छन् । जनताका पीडा र समस्यासंग आफुहरु जोडिन नसकेमा दुःख व्यक्त गर्दै सकेजति प्रयत्न जारी रहेको उनको भनाई रहेको छ ।

वडा सरकार जनताको साथमा रहेका कारण कुनै पनि अप्ठ्यारो र विपदको बेला जनप्रतिनिधिहरुलाई जानकारी गर्न अपिल गरिएको छ । बाढी पहिरोबाट पीडित वडाका ४ घरपरिवारलाई वडा सरकारले राहतको व्यवस्थापन समेत गरिसकेको छ ।

बैठकमा वडामा रहेको कौडाकोट टोल पहिरोको जोखिममा रहेका कारण उक्त टोलका जनताहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ । वडा सरकारले प्रदान गर्ने सेवा सुविधा र अन्य समसामयिक विषय केन्द्रीत प्रतिनिधिहरु प्रत्येक टोलमा पठाउने गरी निर्णय गरिएको वडा सदस्य तुसार सार्कीले बताएका छन् ।

वडाको गदाडा टोलका विभिन्न बस्तीका लागि ईसीडी भवनमा यहीँ भाद्र १८ गते, कौडाकोट टोलका बस्तीहरुका लागि मल्लो पोखरीमा भाद्र १९ गते, डाँडाबाडा, बगर र घोगाला टोलका लागि सत्य आधारभूत विद्यालय खातीभिटामा भाद्र २० गते कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रत्येक बस्तीमा वडाले प्रदान गर्ने सेवा सुविधा, विपद बारे जानकारी, वडा सरकारले सुधार गर्नुपर्ने पक्ष र आगामी दिनमा गर्नुपर्ने क्रियाकलाप बारे जनताबाट सुझाव लिने गरी कार्यक्रम आयोजना गरिने भएको छ । वडा अध्यक्ष अमर विकको अध्यक्षतामा आयोजित बैठकमा वडा सदस्यहरु, वडाका सम्पूर्ण कर्मचारी लगायतको उपस्थिति रहेको थियो । बैठक वडा कार्यालयको केन्द्र निलासैनमा बसेको हो । 
 

प्रतिक्रिया