गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३९
Dho

चोरीमा आशंका गरिएका तीन जना पक्राउ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ १५, २०८१
चोरीमा आशंका गरिएका तीन जना पक्राउ

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंकको शाखा लगायत घट्मुना बजारमा रहेका पाँच वटा पसल तोडफोड गरी चोरी गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट आशंका गरिएका तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ सहित बयान लिईएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् ।

शुक्रबार मध्ये राति २ः०० बजेको समयमा बैंकको मुल ढोका तोडफोड गरी सिसी क्यामरा जडान गरिएको मनिटर लिएको सिसी टि.भी.फुटेजमा देखिएको छ ।

अज्ञात व्यक्तिले बैंकको मुल ढोका तोडफोड गरी बैंक भित्र प्रवेश गरेको समेत देखिएको थियो । यस्तै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी भएको बताईएको छ ।

त्यस्तै गाउँपालिकाको केन्द्र घट्मुना बजारमा रहेका ५ वटा पसलहरु तोडफोड गरी चोरी गरिएका छन् । स्थानीय व्यापारी चन्द्र रोकाया, सरिता रोकाया, गणेश थापा, सुशीला रोकाया र ज्ञान बहादुर सुनारको पसलमा चोरी भएको थियो ।  

प्रतिक्रिया