गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४८
Dho

गौमुलमा अज्ञात व्यक्तिद्धारा कुमारी बैंक र चार पसल तोडफोड सहित चोरी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ १५, २०८१
गौमुलमा अज्ञात व्यक्तिद्धारा कुमारी बैंक र चार पसल तोडफोड सहित चोरी

बाजुरा : गौमुल गाउँपालिकामा रहेको कुमारी बैंकको शाखा लगायत घट्मुना बजारमा रहेका चार पसलमा तोडफोड गरी चोरी भएको छ । शुक्रबार राति २:०० बजेको समयमा बैंकको मुल ढोका तोडफोड गरिएको हो ।

बैंकमा रहेको सिसी क्यामरामा देखिए अनुसार उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सिसी क्यामरा जडान गरिएको मनिटर लिएको बैंकका प्रबन्धक शीतल रावतले बताएका छन् ।

बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उनको डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यहीँ मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका तोडफोड गरी बैंक भित्र प्रवेश गरेको ईलाका प्रहरी कार्यालय गौमुलका प्रहरी निरीक्षक हिक्मतसिंह ऐरीले बताएका छन् ।

त्यस्तै बजारमा समेत पसल चोरी भएका छन् । गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी भएको अध्यक्ष श्याम रोकायाले बताएका छन् ।

यता प्रहरीका अनुसार बैंकको मुल ढोका तोडफोड गरी सिसी क्यामरा जडान गरिएको कम्प्युटर चोर्नु बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले बताएको छ । चोरी गर्ने अज्ञात व्यक्तिको प्रहरीले खोजी कार्य सहित अनुसन्धान थालेको छ । 

प्रतिक्रिया