गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३९
Dho

सिमधाराकाे अवरुद्ध विद्युत सेवा पुनः नियमित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १४, २०८१
सिमधाराकाे अवरुद्ध विद्युत सेवा पुनः नियमित

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समितिको विद्युत सेवा ४ दिनपछि पुनः नियमित सुचारु भएको छ । गौमुल गाउँपालिका–६ सिमधारा स्थित पावर हाउसमा रहेको जेनेरेटर, २ वटा हिटररड, मदरबोर्ड र अन्य प्राविधिक खराबी देखिएपछि विद्युत सेवा गत भाद्र ९ गतेबाट अवरुद्ध बनेको थियो ।

जेनेरेटर मर्मत हिटररड तथा मदरबोर्ड नयाँ फेरिएपछि बिहीबारबाट नियमित विद्युत सेवा सुचारु भएको आयोजनाका सचिव दीपेन्द्र रोकायाले बताएका छन् ।  नेपाल मेसिन स्टील एण्ट स्टेक्चर बुटवलका प्राविधिक खेमराज खनाल र आयोजनाका अध्यक्ष कलक बहादुर रोकायाले मर्मतमा सहयोग गरेका हुन् ।

मेसिनमा खराबी आएपछि ४ दिनसम्म सरकारी तथा गैर सरकारी कार्यालय, रेडियो गौमुल, फोर जी सेवा बन्द हुनुका साथै स्थानीय अँध्यारोमा बस्न बाध्य भएका थिए । उक्त आयोजनाले गाउँपालिकाको केन्द्र लगायत वडा नम्बर ६ र बडीमालिका नगरपालिका–२ नम्बर वडा गरी करिव ३ सय ५० घरधूरीलाई सेवा दिदैं आएको छ ।

प्रतिक्रिया