गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३७
Dho

गाउँपालिकाद्धारा वर्षाका कारण भत्किएको बाटो निर्माण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
गाउँपालिकाद्धारा वर्षाका कारण भत्किएको बाटो निर्माण

बाजुरा : गौमुल गाउँपालिकाद्धारा गाउँपालिकाको केन्द्र घट्मुनाबाट वडा नम्बर १, २ र ३ जाने बाटो निर्माण तथा मर्मत गरिएको छ ।

घट्मुनाबाट सियाढुङ्गगा जोड्ने सडकखण्डको ठाउँ–ठाउँमा पहिरो बगेर स्थानीयलाई आवत जावत गर्न असहज भएपछि निर्माण गरिएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंहले बताएका छन् ।

वर्षायामका कारण उक्त सडकको विभिन्न ठाउँमा पहिरो गएपछि त्यहाँका स्थानीयलाई हिड्डुल गर्न असहज भएको थियो । गाउँपालिकाले स्थानीयलाई लगाएर सडक माथिबाट आएको पहिरोलाई पन्छ्याएर निर्माण गरेको हो ।

सडक माथिबाट पहिरो बगेपछि गाउँपालिकाका तीन वटा वडा सहित वडा नम्बर ६ का केही स्थानीयलाई समेत असहज भएको थियो । वर्षेनी वर्षायामको समयमा उक्त क्षेत्रमा गाउँपालिकाकाले करोडौं लगानीमा सडक निर्माण गरेको भएपनि प्रकृतिले दुःख दिने गरेको छ ।

आज गाउँपालिकाबाट कार्यबाहक अध्यक्ष सहित प्राविधिक टोली गएर पहिरोको अवस्था हेरेर मर्मत गरिएको प्राविधिक प्रदीप रोकायाले बताएका छन् ।

जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यतामा रहेका नागरिकहरु गाउँपालिकाले तत्काल बाटो निर्माण तथा मर्मत गरेपछि सहज भएको स्थानीय शिक्षक हिक्मत भण्डारीले बताएका छन् ।

बाढी र पहिरोले वर्षेनी सडक अवरुद्ध हुने गरेको छ । वर्षाको बेला गाडी नगुडेपनि स्थानीयलाई आउजाउ गर्न समेत जोखिम हुने गरेको छ ।

भौगलिक विकटताका कारण वडाहरुमा सडक सञ्जाल पुर्याउने लक्ष्यमा गाउँपालिका रहेको भएपनि वर्षेनी बाढी र पहिरोका कारण प्रभावित गर्ने गरेको छ ।

हिउँदका केही महिना यातायातको सुविधा पाएका स्थानीयलाई वर्षादको समयमा आफैले भारी बोकेर तथा खच्चड र घोडा मार्फत ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । 

प्रतिक्रिया