गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५९
Dho

गौमुलमा बालबालिकामा भाइरल हेपाटाइटिसको प्रकोप बढ्दो

बाजुरा
रमित वि.क.
मङ्गलबार, भदौ ०४, २०८१
गौमुलमा बालबालिकामा भाइरल हेपाटाइटिसको प्रकोप बढ्दो

बाजुरा : गौमुल गाउँपालिकामा रहेको घट्मुना आधारभूत अस्पतालमा बालबालिकाहरुमा भाइरल हेपाटाइटिस बढ्दै गएको पाईएको छ । गाउँपालिकाको केन्द्रमा रहेको घट्मुना आधारभूत अस्पतालमा दैनिक दिन उक्त समस्या भएका बिरामी अत्यधिक रुपमा फेला पर्न थालेका छन् ।

वर्षायामको समयमा पानीका कारणले टाइफाइड लगायत हाडजोर्नीका समस्या भएका बिरामीहरु उपचारमा आउने गरेको मेडिकल अधिकृत डा.रामानुज हाथीले बताएका छन् । दैनिक दिनमा करिब ४०।५० जनाको हाराहारीमा अस्पतालमा उपचार गर्नका लागि बिरामीहरु आउने गरेका छन् ।

विशेषगरी विगत दुई महिनादेखि बालबालिकाहरुमा भाइरल हेपाटाइटिस, टाइफाइड, निमोनिया, क्षयरोग (टि.भी.) का बिरामीहरु धेरै आउने डा.हाथीको भनाई छ । 

गाउँपालिकामा पछिल्लो केही समययता डेंगीका बिरामीहरु समेत देखिएका छन् । डा. हाथीका अनुसार कतिपय स्थानीयको बेवास्ताका कारण पनि रोगको संक्रमण बढ्न थालेको छन् ।

बिरामीहरुमा दम, पिसाबमा संक्रमण, घाउ पाकेको, पेट दुख्ने, महिलाहरुमा सेतो पानी बग्ने बिरामीहरु पनि उत्तिकै मात्रामा बढीरहेको छन् ।

गर्मीयाममा अधिकांश स्थानीयहरुको खराब बानीका कारणले शुद्ध पानी पिउने नगर्दा झाडापखालाका बिरामी समेत उपचारमा आउने गरेका छन् ।

कतिपय बिरामीहरुलाई सुझाव, सल्लाह दिएर पठाउने गरेको भएपनि चेतना र गरिबीका कारण व्यवहारमा लागू गर्न नसकेको चिकित्सकको भनाई रहेको छ ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रको व्यवस्थापन राम्रो गरेका कारण कतिपय बिरामीहरु सहज रुपमा उपचार पाउँदा खुसी हुने गरेका छन् ।

गर्मीयाममा धेरै रोगको संक्रमण फैलिने भएका कारण नियमित सरसफाईमा ध्यान दिन र पानीजन्य रोगबाट बच्न नियमित सफा र उमालेको पानी पिउन, दिशापिसाब गरिसकेपछि दैनिक साबुन पानीले हात धुने बानीको विकास गर्न डाक्टरहरुले सुझाव दिएका छन् । 


 

प्रतिक्रिया