गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५७
Dho

जनश्रमदानमा वर्षाका कारण भत्किएको बाटो निर्माण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०३, २०८१
जनश्रमदानमा वर्षाका कारण भत्किएको बाटो निर्माण

बाजुरा : गौमुल गाउँपालिका–६ सालीकोट सञ्जीवनी टोल नजिक भत्किएको बाटो स्थानीयले निर्माण गरेका छन् । गाउँपालिकाको देशकाे विकासका लागि दुई दिन कार्यक्रम अन्तर्गत बाटो निर्माण् गरिएको वडा सदस्य कलक चदाँराले बताएका छन् ।

वर्षाका कारण करिब २० मिटर बढी बाटो भत्किएको थियो । स्थानीयको सक्रियतामा आज बाटो निर्माण गरिएको स्थानीय दीपेन्द्र रोकायाले जानकारी दिएका छन् ।

गौमुल गाउँपालिकाले लिएको देशको विकासका लागि २ दिन जनश्रमदान गर्ने नीतिलाई कार्यान्वयन गर्न स्थानीय सक्रिय रुपमा लागिरहेका छन् ।

वडा अध्यक्ष प्रकाश बहादुर रोकायाले वडाका जनताहरु स्थानीय सरकारले लिएको नीतिको नियमित कार्यान्वयन गरिरहेको भन्दै धन्यवाद दिएका छन् ।

नीतिले सरकारलाई राहत भएको बताउँदैं स–साना देखि धेरै बजेट लाग्ने कामहरु स्थानीयद्धारा आफैले निर्माण गरेको उदाहरण धेरै रहेको बताएका छन् ।

खाली समयमा अरुको कुरा काट्न र नकरात्मक टिप्पणी गर्ने मात्र व्यस्त हुने तर विकासको नाममा सिन्को नभाँच्ने प्रवृत्तिको अन्त्यका लागि कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सबै कामका लागि बजेट पर्खिनुपर्ने र राज्यकै सहारामा बाँच्नुपर्ने मानसिकताको अन्त्य गरी राज्यप्रति नागरिकको जिम्मेवारी बढाउन स्थानीय सरकारले नीति अवलम्बन गरेको छ ।


 

प्रतिक्रिया