गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:०१
Dho

काँग्रेसबाट गौमुल गाउँपालिकाको अध्यक्षका लागि ११ जना आकांक्षी

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २९, २०७८
काँग्रेसबाट गौमुल गाउँपालिकाको अध्यक्षका लागि ११ जना आकांक्षी

बाजुरा : नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिमा गौमुल गाउँपालिकाको अध्यक्षका लागि ११ जना आकांक्षी देखिएका छन् । आज गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा भएको काँग्रेसको भेलामा गाउँपालिकाको अध्यक्षका लागि ११ जनाले ईच्छा देखाएका छन् ।

गौमुल गाउँपालिकाको अध्यक्षका लागि हिरेन्द्र रोकाया, देव बहादुर रोकाया, दिपा बोहरा, गणेश थापा, राज बहादुर धामी, गोरख रोकाया, धन बहादुर सार्की, मन बहादुर रोकाया, देव बहादुर रोकाया, शुभाष रोकाया र महेश रोकायाले आकांक्षा राखेको छन् ।

पार्टीको आज आयोजना गरिएको भेलामा विभिन्न वडा तथा गाउँपालिकामा आकांक्षा राख्दैं भेला सकिएको गौमुल गाउँ कार्य समिति सभापति राज बहादुर धामीले बताएका छन् ।

आजको भेलामा उपाध्यक्ष पदका लागि ८ जनाले आकांक्षा देखाएका छन् । जसमा उमा रोकाया, पार्वती कुवँर, अनिता रोकाया, अम्बिका जोशी, राजेन्द्र रोकाया, सीता रावल, टेक बहादुर रोकाया र गीता रोकायाले आकांक्षा राखेको नेपाली काँग्रेस गौमुल गाउँ समितिले जनाएको छ ।

नेपाली काँग्रेस गौमुलको १ नम्बर र ५ नम्बर वडामा भने वडा अध्यक्ष सहित सदस्यहरुको उम्मेदवारी टुङ्गगो लागेको बताईएको छ । साथै २ नम्बर वडाको यसअघि टुङ्गगो लागेको भनिएपनि थप मिलाउन बाँकी रहेको स्रोतको दाबी रहेको छ ।
अन्य वडाको तत्काल छलफल गरी उम्मेदवारको टुङ्गगो लाग्ने काँग्रेस नेतृ उमा रोकायाले बताएकी छन् । काँग्रेस भित्र रहेको दुई गुटका कारणले गौमुलमा पनि उम्मेदवार छान्न नेताहरु आ–आफ्नै दाउमा रहेका छन् ।

गौमुलका १ नम्बर वडा बाहेक अन्य २, ३, ४, ५ र ६ मा आफुहरुले राम्रो कसरत गर्न सके जित्न सकिने सम्भावना रहेको नेपाली काँग्रेसका एक नेताले बताएका छन् । गौमुलमा चुनावी गठबन्धन गर्ने बिषयमा भने काँग्रेसले माओवादी केन्द्रसंग छलफल नगरेको पाईएको छ ।

जिल्लामा रहेको देउवा पौडेल गुटकै सिनारी गौमुल गाउँपालिकामा समेत काँग्रेस भित्र देखिने गरेको छ । देउवा गुटनै बलियो मानिने गौमुलमा पौडेल गुट पनि उत्तिकै बलियो देखिएको छ । आफ्नो नजिक र गुट भित्रको पनि विश्वासीलो पात्रलाई नेताहरु उम्मेदवार बनाउने कसरतमा रहेको एक स्रोतको भनाई रहेको छ ।  

गुटगत राजनीतिक कारण कतिपय काँग्रेस भित्रकै अगुवाई गर्ने शिक्षित व्यतिmहरु समेत पछिल्लो समय कम चाँसो राख्दै गएको काँग्रेस कार्यकर्ताहरुको भनाई रहेको छ ।

प्रतिक्रिया