गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३०
Dho

विपदबाट प्रभावित परिवारलाई राहतको व्यवस्थापन गर्छु : वडा अध्यक्ष सिंह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०२, २०८१
विपदबाट प्रभावित परिवारलाई राहतको व्यवस्थापन गर्छु : वडा अध्यक्ष सिंह

बाजुरा : गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलक बहादुर सिंहले वडामा विपदबाट प्रभावित भएका परिवारहरुलाई राहतको व्यवस्थापन गरिने बताएका छन् । आईतबार वडा कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कुनैपनि विपदबाट पीडित भएका परिवारको यथार्थ विवरण संकलन गरी वडा सरकारले पालिका सरकारलाई राहतको माग गर्ने बताएका छन् । वर्षायामका बेला वडाका जनता विभिन्न विपदबाट परेको उल्लेख गर्दै तत्काल विपदबाट परेका परिवारको तथ्याङ्ग संकलन गरी राहतको व्यवस्थापनका लागि पालिकामा पहल गर्ने बताएका छन् ।

बैठकमा वडा सदस्य रामे रोकायाको संयोजकत्वमा विपद् क्षति भएको एकिन विवरणका लागि ७ सदस्यीय विपद् समिति समेत गठन गरिएको छ । प्रत्येक टोलमा अनुगमन गरेर सम्पूर्ण विपद्को यथार्थ विवरण ल्याएर गाउँपालिकामा पेश गरिने भएको छ ।

बैठकमा आज नै वडा अध्यक्ष कलक बहादुर सिंहले तीन जना विपद् पीडित परिवारलाई तत्कालका लागि त्रिपाल समेत वितरण गरेका छन् । वडामा विपदबाट भएको क्षतिको विवरण गाउँपालिकामा र ईलाका प्रहरी कार्यालमा चिठ्ठी मार्फत विवरण पठाउने निर्णय बैठकले गरेको छ ।

वडा कार्यालयमा बसेको बैठकमा वडा अध्यक्ष, सदस्य, वडा सचिव सहित कर्मचारी लगायत वडाका विपद् सूचना दिने व्यक्तिहरुको समेत उपस्थििति रहेको थियो । 


 

प्रतिक्रिया