गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:१७

नेपाली सेनाद्धारा प्राकृतिक विपद्का घटनाको उद्धार सम्बन्धी डेमो प्रर्दशन

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २९, २०७८
नेपाली सेनाद्धारा प्राकृतिक विपद्का घटनाको उद्धार सम्बन्धी डेमो प्रर्दशन

बाजुरा : बाजुराको मार्तडीमा नेपाली सेनाद्धारा बिपद् र दुर्घटनाको उद्धार सम्बन्धी डेमो प्रर्दशन गरिएको छ । प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपद्का घटनामा नेपाली सेनाले उद्धार, खोज तथा राहत वितरणको कामलाई प्रभाबकारी रूपमा काम गर्न डेमो प्रर्दशन गरिएको हो।

दुर्गा भञ्ज्याङ्ग गुल्मका सह सेनानी हेम महर्जनले विपद्का घटनाहरूको सामना गर्न सेनाले तालिम प्राप्त सैन्य जनशक्तिलाई तयारी अवस्थामा राखेको बताए । 

No description available.दुर्गा भञ्ज्याङ्ग गुल्मले पनि बिपत र दुर्घटनाको उद्धार कसरी गर्ने भन्ने बिषयमा डेमो प्रर्दशन गरिएको उनले बताए । जुनसुकै भूभागमा प्राकृतिक तथा अन्य विपत्तिका घटनाबाट मानिसको उद्धार तथा बेपत्ताको खोजीकार्य, परिचालित हुदा अपनाउने पर्ने सावधानी तथा उद्धारलाई कसरी प्रतिकुल बनाउने भन्ने बिषयमा सो कार्यको डेमो प्रर्दशन गरिएको सह सेनानी महर्जनले जानकारी दिए । 

No description available.विशेषगरी बाढीबाट पुल बगाउदा वारपारको सुरक्षा गर्न खोलामा कसरी तर्ने भन्ने बिषयमा बाउली खोलामा प्रर्दशन गरिएको सह सेनानी महर्जनले बताए। सेनाले सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्ने कार्य कसरी गर्ने भन्ने बिषयमा ब्यारेक नजिकैको भिरमा डेमो प्रर्दशन गरिएको दुर्गा भञ्ज्याङ्ग गुल्मका सह सेनानी महर्जनले बताएका छन ।

दुर्गा भञ्ज्याङ्ग गुल्म थापाथली ब्यारेक मार्तडीको आयोजनामा गरिएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेल, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो ।

No description available.No description available.

प्रतिक्रिया