गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३०
Dho

हावाहुरी सहितको वर्षाले मकै बालीमा क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन ३२, २०८१
हावाहुरी सहितको वर्षाले मकै बालीमा क्षति

बाजुरा : हावाहुरी सहितको वर्षाले गौमुल गाउँपालिका–१ अम्लिसका किसानले लगाएको मकै बालीमा क्षति पुगेको छ । साउन ३१ गते राति आएको वर्षाले अम्लिस, अन्द्राडी, माडी लगायत टोलका किसानले लगाएको मकै बालीमा क्षति पुगेको वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् ।

हावाहुरी सहित आएको वर्षाले भर्खरै घोगा लागेका मकैका बोट भाँचेर सत्यानाश गरेको स्थानीय कृषक बिनोद रोकायाले बताएका छन् । उनका अनुसार जमिनमा ढलेका मकैका बोट पानी–माटोमा लत्पतिएपछि कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

आफूले २ रोपनी जमिनमा लगाएको मकै पूरै ढलेको उनको भनाई रहेको छ । मकै सहितका बालीमा पुगेको क्षतिको विवरण संकलन गरेर पीडित किसानलाई राहत उपलब्ध गर्न पालिका सरकारमा पहल गरिरहेको वडा अध्यक्ष रोकायाको भनाई रहेको छ ।

यसैबीच गौमुल गाउँपालिका-५ मा समेत मकै सहितका बालीमा क्षति गरेको छ । सोही दिन आएको वर्षा सहितको हावाहुरीले वर्षेबालीमा नोक्सान गरेको वडा अध्यक्ष कलक बहादुर सिंहले बताएका छन् । वडाका सबै टोलमा हावाहुरीले स्थानीयको बालीनालीमा ठुलो मात्रामा क्षति पुगेको छ ।

केही पाकी सकेको र केही पाक्न बाँकी बालीमा क्षति भएको छ । हावाहुरीले मकै बालीमा क्षति पुगेको खबर आएकोले तत्काल क्षतिको विवरण एकिन गरी राहतको व्यवस्थापन गरिने गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।  वर्षाले पुर्याएको क्षतिको विवरण कृषि शाखा मार्फत संकलन गरिने भएको छ ।

यस्तै वडा नं.४ मा समेत मैकैँ बाली क्षति गरेको छ । गएरातिको वर्षा र हावाहुरीले मकैबालीमा क्षति पु¥याएको किसनाले बताएका छन् । वडाका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको वडा सदस्य मंगल धामीले बताएका छन् । 

उक्त वडाको कौणकोट, डाडाबाडा र बगरमा सबै भन्दा बढी क्षति गरेको र केही मात्रामा अन्य ठाउँमा पनि क्षति पु¥याएको उनले बताए । वर्षा र हावाहुरीले मकै भाचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् ।

गाउँपालिकाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । वर्षेनी विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ । फौजीकिरा, जंगली जनाावर र विभिन्न प्रकोपले क्षति पुग्दै आएको गौमुल गाउँपालिका कृषि शाखाले जनाएको छ ।   

प्रतिक्रिया