गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२१
Dho

गाैमुलका विद्यालयमा किशाेर-किशोरीलाई सचेतना जगाउदैँ पीसविन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३१, २०८१
गाैमुलका विद्यालयमा किशाेर-किशोरीलाई सचेतना जगाउदैँ पीसविन

बाजुरा : पीसविन नेपालले किशोर किशोरीहरुलाई विभिन्न गतिविधि मार्फत सचेत गराउन थालेको छ । गौमुल गाउँपालिका–१ मा रहेको अम्लिस मावि र ३ नम्बर वडामा रहेको बाल विकास माविमा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ ।

किशोर किशोरीहरुलाई बाल विवाह, घरेलु हिंसा, बहुविवाह, छाउपडी प्रथाका विषयमा विद्यालयहरुमा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालयका किशोर किशोरीहरुलाई सचेत पार्न र चेतनाको विकास गर्नका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् ।

किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा विद्यालय स्तरमा छलफल गरिएको पीसविन नेपालका स्वास्थ्य अधिकृत निर्मला खडायतले बताउनुभएको छ ।

समाजमा हुने लैङ्गिक हिंसा न्यूनिकरणका लागि किशोर किशोरीहरुले खेल्नुपर्ने भूमिकाका विषयमा विद्यालय स्तरमा रुपान्तरण कक्षा समेत सञ्चालन गरिएको हो ।

अम्लिस माविका प्रधानाध्यापक हरजित खडायतको अध्यक्षतामा रुपान्तरण कक्षा सञ्चालन गरी विद्यार्थी र शिक्षकहरुले खेल्नुपर्ने भूमिकाका विषयमा व्यापक रुपमा छलफल गरिएको हो । 
 

प्रतिक्रिया