गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३८
Dho

पढाईसंगै सामाजिक कार्यमा सक्रिय बन्दै कीर्तिचौरका विद्यार्थी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३१, २०८१
पढाईसंगै सामाजिक कार्यमा सक्रिय बन्दै कीर्तिचौरका विद्यार्थी

बाजुरा : गौमुल गाउँपालिका–४ मा रहेको कीर्तिचौर माध्यमिक विद्यालयका विद्यार्थीले भत्किएको बाटो मर्मत गरेका छन् । निरन्तरको अविरल वर्षाका कारण भत्किएको घट्मुना देखि कालादह आवतजावत गर्ने बाटो मर्मत गरेका हुन् ।

वर्षाका कारण सडक माथिबाट पहिरो बगेर विद्यार्थी र स्थानीयलाई हिड्डुल गर्न समस्या भएपछि विद्यार्थीहरुको सक्रियतामा बाटो मर्मत गरिएको हो ।

विद्यार्थीहरुमा पढाईसंगै सामाजिक चेतनाको समेत जागृत गर्नका लागि उक्त कार्य महत्वपूर्ण हुने वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकले बताएका छन् ।

पहिरोको कारण भत्किएको बाटो मर्मत गरेपछि आवतजावतमा सहजता भएको छ । पहिरोले बाटो बन्द भएपछि कक्षा–९ मा अध्ययनरत विद्यार्थीले मर्मत गरेको शिक्षक रोहित कुमार थापाले जानकारी दिएका छन् ।

विद्यार्थीहरुले खाली समयको सदुपयोग गरेर उक्त बाटो मर्मत गरेका हुन् । बाटो निर्माण भएपछि वडा नम्बर ४, ५ र ६ नम्बर वडाका स्थानीयलाई आउजाउमा सहज भएको छ । 
 

प्रतिक्रिया