गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४५
Dho

वडा सरकार जनताका समस्या बुझ्दैँ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ३०, २०८१
वडा सरकार जनताका समस्या बुझ्दैँ

बाजुरा : गौमुल गाउँपालिका–१ को वडा सरकार जनताका समस्या बुझ्न थालेको छ । वडाको समीक्षा बैठकमा वर्षायाममा विभिन्न समस्याबाट प्रभावित भएका जनताको समस्या बुझ्न थालेको छ ।

विभिन्न प्राकृतिक प्रकोपका कारण जनताले खेप्नु परेको समस्याका विषयमा प्रत्येक टोलमा वडा सदस्यलाई बुझ्नका लागि वडा अध्यक्ष देवेन्द्र रोकायाले निर्देशन गरेका छन् ।

वडा कार्यालयबाट सञ्चालन हुने विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको अवस्थालाई बुझ्नुका साथै वडामा रहेका स्वास्थ्य, शिक्षा, सामुदायिक वन, आमा समूह लगायत सम्बन्ध निकायको प्रतिवेदन वडाले माग गरेको छ । जनप्रतिनिधिहरुले जनतासंग जाने, जनता र वडा सरकारको सम्बन्ध बढाउने गरी निर्णय गरिएको वडा अध्यक्ष देवेन्द्र रोकायाले बताएका छन् ।

वडामा रहेको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधीको अवस्था, विद्यालयको शैक्षिक अवस्थाका विषयमा समेत जानकारी सहित वडामा समीक्षा गरिएको छ । वडामा सञ्चालित सबै क्षेत्रको आर्थिक र भौतिक अवस्थाका विषयमा सम्बन्धित निकायबाट वडा सरकारले माग गरेर समीक्षा गरेको हो ।

जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर जनताका सुखदुःखमा साथ दिएर सेवा छिटो छरितो उपलब्ध गराउने भूमिका खेल्ने समेत निर्णय गरिएको हो । वडामा रहेको अम्लिस माध्यामिक विद्यालयको लेखापरीक्षण समेत गरिएको छ । उक्त विद्यालयको शैक्षिक गुणस्तरको अवस्थाका विषयमा पनि छलफल वडा सरकारले गरेको छ ।

सोही विद्यालयले एक वर्षको अवधीमा गरेका गतिविधिका विषयमा कार्यक्रममा छलफल गरिएको छ । विद्यालयमा आम्दानी र खर्च गरी १७ लाख ४२ हजार आम्दानी रहेको लेखापरीक्षण कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

वडामा रहेको अम्लिस आधारभूत स्वास्थ्यले चौबीसैँ घण्टा जनतालाई सेवा दिने, बिरामीहरुको पहिचान गर्ने र आगामी वर्षको योजनाका विषयमा व्यवस्थापन समितिको बैठकमा छलफल गरिएको छ । 

प्रतिक्रिया