गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१२
Dho

गर्मीयाममा स्वच्छ वातावरण बनाउन टोल सरसफाई

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ३०, २०८१
गर्मीयाममा स्वच्छ वातावरण बनाउन टोल सरसफाई

बाजुरा : गौमुल गाउँपालिका–२ का स्थानीय आफ्नो वडा तथा टोलको सरसफाईमा जुटेका छन् । गर्मीयाममा वडा तथा टोलका विभिन्न ठाउँमा फोहोर बढेको र वातावरण अस्वस्थ देखिन थालेपछि सरसफाई गर्ने कार्य गरिएको वडा सदस्य प्रेम रोकायाले बताएका छन् ।

प्रत्येक घरपरिवाका एक जना सदस्य सरसफाई कार्यमा सक्रिय सहभागी भएर टोल तथा गाउँको सरसफाई गर्ने गरिएको छ । वडाको आँगर, जडे चौका लगायतका टोलमा सरसफाई गरिएको हो । घर आँगन अगाडी पछाडी तथा बाटो, खानेपानी लगायत विभिन्न सार्वजनिक संरचनाहरुको सरसफाई गरिएको हो ।

साथै उक्त टोलका स्थानीयको सक्रियतामा गाउँपालिकाको देशका लागि दुई दिन कार्यक्रम अन्तर्गत वर्षाले भत्किएका बाटोहरुको मर्मत समेत गरिएको छ । विभिन्न ठाउँमा पहिरो बगेर अवरुद्ध भएका बाटोहरु आउजाउमा सहजताका लागि निर्माण तथा मर्मत गरिएको बताईएको छ । 
 

प्रतिक्रिया