गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५३
Dho

‘मितव्ययी निर्वाचनको संकल्प पूरा होस्’

pramit bk pramit bk
शनिबार, फागुन ०७, २०७८
‘मितव्ययी निर्वाचनको संकल्प पूरा होस्’

काठमाडौं । आज छैटौं निर्वाचन दिवस मनाइँदै छ । ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

नेपालमा सर्वप्रथम २०१५ साल फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै २०७३ सालदेखि निर्वाचन दिवस मनाउन थालिएको हो । 

निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिंदै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सन्देशमार्फत् निर्वाचनलाई मितव्ययी बनाउनुपर्ने धारणा पनि राखेका छन् । पछिल्लो समय निर्वाचन भड्किलो बन्दै गइरहेको बेला उनले भनेका छन्, ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको संकल्प पूरा होस् भन्ने हाम्रो दृढ धारणा छ ।’

प्रतिक्रिया