गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२०
Dho

विपदमा वडाका नागरिककाे सारथी बन्दै गाैमुल-४

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
विपदमा वडाका नागरिककाे सारथी बन्दै गाैमुल-४

बाजुरा : गौमुल गाउँपालिका-४ नम्बर वडा कार्यालय विपदमा वडाका नागरिकका घरदैलोमा प्रत्यक्ष खटिरहेको छ । वडामा रहेका सम्पूर्ण बस्ती तथा टोलमा पुगेर विपद्का बारेमा जानकारी लिने र विपद् जोखिम सम्पर्क व्यक्तिहरुलाई क्रियाशील बनाएर अघि बढेको वडा अध्यक्ष अमर विकले बताएका छन् ।

वर्षा जारी रहेका कारण वडाका कतिपय बस्ती तथा टोलहरु पहिरोको जोखिममा रहेका कारण सचेत पार्ने र सुरक्षित स्थानमा बस्न आग्रह गर्ने गरिएको छ । विपद् जोखिम सम्पर्क व्यक्तिलाई वडा कार्यालयले रिजार्च खर्चको व्यवस्थापन गरी टोलमा भएका सूचना शीघ्र वडामा जानकारी गराउने गरी पूर्व तयारी गरिएको छ ।

वडा समितिको बैठक बसी समग्र अवस्था बारे समीक्षा समेत गरिएको वडा सचिव ईश्वरी केसीले बताएकी छन् । वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुको वर्षे विदा सकिए लगत्तै विद्यालय दैनिक सञ्चालनमा ल्याउने र शैक्षिक गुणस्तर सुधारमा लाग्ने गरी निर्णय गरिएको बताईएको छ ।

साथै वडाले एक औपचारिक कार्यक्रमका बीच मानाकोट स्वास्थ्य चौकी निलासैनमा विगत ३७ वर्षदेखि कार्यरत अनमी तथा वडा सचिव जमुना रोकाया (सिंह) सेवा निवृत भएकोले विदाई समेत गरेको छ । 

May be an image of 11 people

प्रतिक्रिया