गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३९
Dho

मार्तडी–कोल्टी सडक दुई दिनदेखि अवरुद्ध

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार २०, २०८१
मार्तडी–कोल्टी सडक दुई दिनदेखि अवरुद्ध

बाजुरा : निरन्तरको अविरल वर्षाका कारण बाजुरा सदरमुकाम मार्तडीबाट माथिल्लो क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक दुई दिनदेखि अवरुद्ध रहेको छ ।

मार्तडी–कोल्टी अन्तर्गतपर्ने बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्ने क्रम नरोकिएपछि अवरुद्ध कायमै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

पहिरो पन्छ्याउनका लागि तयारी थालिएको भएपनि निरन्तर पहिरो बगेका कारण अवरुद्ध कायमै रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।

पहिरोका कारण मार्तडी–कोल्टीमा चल्ने जीप तथा मालबाहक सवारी साधन ठप्प भएका छन् । भने स्थानीयलाई आउजाउ गर्न समेत समस्या भएको छ ।

जिल्लाको साँफे मार्तडी सडकखण्डमा भने नियमित यातायातका साधनहरु ओहोर दोहोर गरिरहेका छन् । सामान्य पहिरो बाहेक ठुलो पहिरो उक्त सडकखण्डमा नगएको प्रहरी अधिकारीले बताएका छन् ।

यस्तै हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज रातिदेखि तीन दिनसम्म भारी वर्षा हुने भएका कारण सचेत रहन मौसमविद् शान्ति कडेँलले गौमुल खबर डटकमसंग बताएकी छन् ।

साथै साना तथा ठुला नदीहरुमा पानीको बहाव बढ्ने खत्रा समेत रहेका कारण सुरक्षित रहन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच कैलाली जिल्लास्थित कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा सतर्कता तह पार गरेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ । कान्द्रा नदीको जल सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भईरहने ठाउँमा रहेकाले उच्च सतर्कता अपनाउन केन्द्रले भनेको छ । 
 

प्रतिक्रिया