गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०७
Dho

बाजुराको गौमुलमा बालबालिकामा जेण्डिसको प्रकोप बढ्योे

६ जना बालबािलकामा देखियाे जण्डिस, गाउँमै स्वास्थ्यकर्मी पठाउँने तयारी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १९, २०८१
बाजुराको गौमुलमा बालबालिकामा जेण्डिसको प्रकोप बढ्योे

बाजुरा : वर्षायामसंगै बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा जेण्डिसका विरामी बढ्न थालेका छन् । फोहोर पानी र खराप खानपिनका कारण देखिने जेण्डिसका विरामी हिजो आज बढ्न थालेका हुन् । 

घट्मुना आधारभूत अस्पतालमा चेकजाँच गर्न आएका एकै उमेर समूहका बालबालिकामा जण्डिस देखा परेको डाक्टर रामानुज हाथिले बताएका छन् । गौमुल गाउँपालिका–२ का ७ देखि १० वर्ष सम्मका ६ जना बालबालिकामा जण्डिस देखिएको उनले बताए । 

जण्डिस देखा परेका ती सबै बालबालिको उपचारपछि डिस्चार्ज गरिएको छ । यो समयमा खास गरी बालबालिकामा बढी देखिने गरेको छ । वडा नं.२ मा जण्डिस लक्षणका विरामी धेरै भएपनि चकजाँच गर्न अस्पताल नआएको र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मी गाउँमै जाने तयारी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

गाउँमा विरामी यो समयमा देखा पर्ने जण्डिस दुषित पानी र खानाका कारण हुने चिकित्सले बताएका छन् । आमाबुवाले बालबालिकाको खानपानमा कम ध्यान दिनाले बालबच्चामा बढी संक्रमण हुने गरेको डाक्टर हाथीको भनाइ छ । पानीका कारण समेत जेण्डिस रोग लाग्ने गरेको डाक्टरहरुको अनुमान छ । 

पानी उमाली मन्तातो पारेर खानुपर्ने भएपनि नउमालेरै खानाले विभिन्न खालका रोगहरु लाग्ने गरेको चिकित्सकले बताएका छन् । अहिले बालबालिकामा देखिएको भाइरल हेपाटाईटिस रहेको डाक्टर हाथिले बताए ।

यसबाट बच्न प्रदुषित पानी तथा जथाभावी खानपानमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । आखाँ पहेँलो देखिनु, जिउँ पहेँलो देखिनु, पिसाव गाढा रंगको आउँनु, वाकवाकी लाग्नु, शरिर चिलाउने, पेटको दायाँ भागमा दुखाई हुन र शरिरका भागहरु क्रमस पहेँलो हुदै जानु जस्ता जण्डिसका लक्षण हुन् । यस्ता लक्षण देखा पर्ने वित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आउन अनुरोध गरिएको छ ।  

बालबालिका भन्दा वयस्कले यो समयमा खानपिनमा बढी ध्यान दिने भएकाले बालबालिकामा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । खराब खानपान र दुषित पानी पिउँनाले बालबालिकामा संक्रमण बढी देखिएको हो । अहिले देखिएको यो विराम समयमै चकजाँच गरे पूर्ण रुपमा निको हुने डाक्टर हाथिले बताए ।  

प्रतिक्रिया