गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३१
Dho

कृषकका समस्या समाधानमा गाउँपालिका लागिरहेको : अध्यक्ष रोकाया

गौमुल गाउँपालिकामा पनि मनाइँयो धान दिवस
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार १६, २०८१
कृषकका समस्या समाधानमा गाउँपालिका लागिरहेको : अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिकामा पनि २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ । प्रत्येक वर्ष असार १५ गते मनाउँदै आएको धान दिवस तथा रोपाइँ महोत्सवमा खेतमा धान रोपेर दिवस मनाएको हो । 

गौमुल गाउँपालिका कृषि शाखाको आयोजनामा “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ दिवस मनाईएको कृषि प्राविधिक सहायक प्रेमबहादुर बाेहराले बताएका छन् । वडा नं.६ को दडीपाटास्थित भक्तेबगरमा रुपे रोकायाको खेतमा छुपुछुपु हिलोमा धान रोपेर दिवस मनाएको हो । 

कृषि शाखाले आयोजना गरेको रोपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया र वडा नं.५ का वडाध्यक्ष कलक बहादुर सिंह सहभागि भएका थिए । 

गाउँपालिका अध्यक्ष रोकायाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आगमीक आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट ल्याएको बताएका छन् । कृषकका समस्या समाधानका लागि गाउँपालिका विभिन्न कार्यक्रम सहीत गम्भीर रुपमा लागिरहेको बताए । कृषि पेशाबाटै आत्मनिर्भर बन्न कृषकले पनि मेहनत गर्न आवश्यक रहेको बताए । 

गाउँपालिकामा केही ठाउँमा मात्रै सिचाई योग्य जमिन रहेको र बाकी खेतीयोग्य जमिन भिरालो ठाउँमा रहेकाले सुवाउँदो खेतीतिर आकषर्ण बढाउँन कृषि क्षेत्रमा पालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष रोकायाले बताए । 

अध्यक्ष रोकायाले मानो रोपेर मुरी उब्जाउन मेहनत गर्ने सच्चा कृषकलाई धान दिवसको शुभकामना समेत व्यक्त गर्दै कृषिमा पछिल्लो समय परनिर्भरता बढ्दै गएकोले अब उत्पादकत्व बढाउँन आग्रह गरे । 

त्यस्तै कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष कलक सिंहले पनि पछिल्लो समय खेती लगाउँनेको संख्या केही मात्रामा घट्दै गएकाले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न जमिन बाजो नराखी उत्पादन बढाउँन आग्रह गरेका छन् ।

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज जिल्ला ९ वटै स्थानीय तहमा खेतमा काम गरी दही चिउरा खाएर बनाएको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन रहेको छ । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । 

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाएका छन् । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुने गर्दछन् । 

रोपाइँ कार्यक्रममा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया, वडा नं.५ का वडाध्यक्ष कलक सिंह, प्रशासन सहायक गगन बहादुर धामी, लेखापाल भोजराज भट्ट, प्रशासन सहायक कुलराज उपाध्याय, कृषि शाखा नाप्रास कमला विक, घट्मुना आधारभूत अस्पतालका डाक्टर रामानुज हाथि लगायत गाउँपालिका कर्मचारीकोे उपस्थित रहेको थियो । 

प्रतिक्रिया