गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४०
Dho

यस वर्षको एसईईमा क्रियटर जोन एकेडेमी पहिलो

सामुदायिक विद्यालयको अवस्था दयालाग्दो
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार १५, २०८१
यस वर्षको एसईईमा क्रियटर जोन एकेडेमी पहिलो

बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को माध्यामिक शिक्षा परीक्षा (एसईई)को यस वर्षको नतिजामा सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमी प्रथम भएको छ ।

बाजुरामा कुल २ हजार ८ सय ३४ परीक्षार्थी सहभागी भएका मध्ये संस्थागत विद्यालय क्रियटर जोन एकेडेमीबाट सहभागी विद्यार्थी किरन खड्का प्रथम भएका छन् । 

जिल्लामै सबैभन्दा बढी ३.८० जीपीए ल्याएर खड्का जिल्ला प्रथम भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्राविधिक सहायक गोपालदत्त पाण्डेयले बताएका छन् ।

त्यस्तै सामुदायिक विद्यालयतर्फ भानोदय मावि नौविसका विद्यार्थी जीवन जैशीले ३.६९ जीपीएल्याएर द्धितिय भएका छन् । भने क्रियटर जोन एकेडेमी अर्को विद्यार्थी प्रतिबिम्ब विकले ३.६७ जीपीए ल्याएर तृतिय स्थानमा रहेको पाईएको छ ।

यस्तै सामुदायिक विद्यालयतर्फ जनप्रकाश मावि कोल्टीका विद्यार्थी छात्रातर्फ ओलीभा भण्डारीले ३.६६ जीपीए ल्याएर चाैथाे स्थान ल्याउन सफल भएकी पाण्डेयले बताएका छन् ।

यस वर्षको एसईई परीक्षामा समग्र जिल्लाको अवस्था हेर्दा संस्थागत विद्यालयले सन्तोषजनक नतिजा प्राप्त गरेको कतिपय विज्ञहरुले चियोचर्चो गर्न थालेका छन् ।

यता क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मीन बहादुर कार्कीले विद्यालयले ल्याएको नतिजाले आफु धेरै खुसी नभएको बताएका छन् ।

आफ्नो प्रतिस्पर्धा भनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनुपर्छ भन्ने रहेकोले यसमा सबै चिन्तित हुन जरुरी रहेको बताएका छन् ।

जिल्लाका सामुदायिक विद्यालयमा शैलेश्वरी मावि फैती, ठुलाकोट माविले सन्तोषजनक नतिजा प्राप्त गरेको पाईएको छ । अन्य विद्यालयको हकमा उक्त विद्यालयहरुले सुधारको नतिजा ल्याएका छन् ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बडीमालिका नगरपालिका, मानाकोट माध्यामिक विद्यालय गौमुल गाउँपालिका, दशरथ मावि, देवस्थली मावि, जालपादेवी मावि र सरस्वती मावि खप्तड छेडेदह गाउँपालिकाका कुनै पनि विद्यार्थी (एसईई) उत्तिर्ण नभएर नील भएका छन् ।

समग्र जिल्लाको अवस्था हेर्दा संस्थागत भन्दा सामुदायिक विद्यालयको अवस्था दयालाग्दो र लाजमर्दो नतिजाले सबैतिर टिकाटिप्पणी हुन थालेको छ । यसमा सम्बन्धित निकाय गम्भीर हुन जरुरी रहेको छ । 

प्रतिक्रिया