गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५८
Dho

एसईईमा गौमुलका ४७ विद्यार्थी उत्तीर्ण, ५२ जनाले कक्षा-१० मै पढ्नुपर्ने

७२ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने
प्रमित वि.क. प्रमित वि.क.
बिहीबार, असार १४, २०८१
एसईईमा गौमुलका ४७ विद्यार्थी उत्तीर्ण, ५२ जनाले कक्षा-१० मै पढ्नुपर्ने

बाजुरा : एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । 

एसईईमा गौमुल गाउँपालिकाका ४७ जना उत्तीर्ण भएका छन् । भने ५२ जना अनुत्तिर्ण भएका छन् । ६ वटा विद्यालयबाट १७१ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । सो परीक्षामा ४७ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

नतिजाअनुसार ७२ जना विद्यार्थी ग्रेडवृद्धिमा सामेल हुने पाउने छन् । गौमुल गाउँपालिका वडा नं.१ मा रहेको अम्लिस माविका २७ जना परीक्षामा सहभागि विद्यार्थी मध्ये ४ जना उत्तीर्ण भएका छन् । २१ जना परीक्षार्थी ग्रेडवृद्धिमा परेका छन् । भने २ जना अनुत्तीर्ण भएका छन् ।

त्यस्तै वडा नं.२ मा रहेको जनज्योति माविका १४ जना मध्ये १० जना उत्तीर्ण भएका छन् । भने १ जना अनुत्तीर्ण र ३ जनाले ग्रेडवृद्धि परीक्षा सामेल हुने पाउँने छन् । फुलपाटा माविका २२ जना परीक्षार्थी मध्ये ५ जना उत्तीर्ण भएका छन् । भने ३ अनुत्तीर्ण र १४ जना ग्रेडवृद्धि परीक्षामा सामेल हुने पाउने छन् । वडा नं.३ को बालविकास माविका २४ जना परीक्षार्थी मध्ये १८ जना उत्तीर्ण भएका छन् । भने ६ जना विद्यार्थीले ग्रेडवृद्धि सहभागि हुन पाउने छन् ।

त्यसैगरी वडा नं.४ मा रहेको कीर्तिचौर माविबाट प्राविधिक र साधारण तर्फ कुल ७३ विद्यार्थी परीक्षामा सहभागि भएका थिए । जसमध्ये प्राविधिक धार तर्फका ७ जना र साधारण तर्फका ३ जना गरी १० जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् । भने ४२ जना अनुत्तीर्ण र २१ जना एसईईको ग्रेडवृद्धि परीक्षामा सामेल हुने पाउने भएका छन् । 

वडा नं.५ मा रहेको मानाविकाट माविका ११ जना परीक्षार्थी मध्ये उत्तीर्णको संख्या शुन्य रहेको छ । ७ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन् । भने ४ जना विद्यार्थीले १० कक्षामै दोहोरिएर पढ्नुपर्ने भएको छ । एसईई परीक्षामा सहभागि पालिकाका ६ वटा विद्यालयका विद्यार्थी मध्ये दुई विद्यालयका विद्यार्थीले मात्रै केही सन्तोषजनक

नतिजा ल्याएका छन् । बालविकास माविका २४ परीक्षार्थी मध्ये १८ जनाले उत्कृष्ट जीपिए सहीत उत्तीर्ण भएका छन् । त्यस्तै जनज्योति माविकाले १४ जना परीक्षार्थी मध्ये १० जना विद्यार्थीलाई उत्तीर्ण गर्न सफल भएको छ । जसमा १ जना अनुत्तीर्ण र ३ जना ग्रेडवृद्धि परीक्षामा परेका छन् । अन्य विद्यालयको नतिजा भने निराशाजनक रहेको छ ।     

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ । दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् ।          

प्रतिक्रिया