गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२२
Dho

एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते

२ लाख ४२ हजार ३१३ नन ग्रेडमा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १४, २०८१
एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ । दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् ।

२ लाख ४२ हजार ३१३ नन ग्रेडमा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड वृद्धिमा सामेल हुन पाउने छन् । बोर्डका अनुसार एक विषयमा नन ग्रेड पाउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ भने दुई विषय लाग्ने ४७ हजार ९३८ जना छन् ।

आज सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

प्रतिक्रिया