गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:११
Dho

बाजुराको विकासका लागि सक्रिय बन्दै एमाले

समस्याको सारथी बन्दै नागरिकका जीवनसंग जोडिने
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १२, २०८१
बाजुराको विकासका लागि सक्रिय बन्दै एमाले

बाजुरा : बाजुराको समग्र विकासका लागि नेकपा एमाले बाजुरा सक्रिय बन्ने भएको छ । नागरिकको दैनिक जनजीवनसंग जोडिएका सबै विषयवस्तुहरुको उठान गरी खह्रो रुपमा जिल्लामा क्रियाशील बन्ने भएको छ ।

समग्र जिल्लाको स्वास्थ्य, शिक्षा, यातायात, पूर्वाधार विकास लगायत यावत् विषय वस्तु केन्द्रीत क्रियाकलापमा दैनिक सक्रिय बन्ने अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

जिल्लामा अनियमित भईरहेको विद्यतु सेवा नियमित आपूर्ति गर्नुपर्ने, नुनको अभावलाई आपूर्ति, खाद्यान्न अभाव हुन नदिने जस्ता विषयवस्तु उठान गर्दै सम्बन्धित कार्यालयको ध्यानकर्षण कार्य गरिएको सचिव काँशी विकले बताएका छन् । 

सदरमुकाम मार्तडीमा स्वस्थ खानेपानी आपूर्ति र व्यवस्थापन तथा बजार सरसफाई, बसपार्क व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने, पूर्वाधार विकासका काम कारबाहीका विषयमा नियमित रेखदेख तथा नियमन गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको उपसचिव हरि बहादुर रोकायाले बताएका छन् ।

विगतमा हुने हरेक गलत प्रवृत्तिको अन्त्य गरी समुन्नत समाज र बाजुरा अभावको मात्र नभएर सम्भावनाको जिल्ला हो भन्ने सन्देश दिने गरी एमाले बाजुरा जिल्लामा क्रियाशील बनेको छ ।

मंगलबार एमाले बाजुराको सिंगो टिम पूर्वाधारका क्रियाकलापहरु जिम्मेवारी लिएर बेखबर बन्ने ठेकेदार कम्पनीहरुलाई तत्काल कानुनको दायरमा ल्याउन जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेको छ ।

जिल्लाको सन्देश जहिले नराम्रो मात्र जाने तिथि अन्त्य हुने गरी तत्काल समस्याको रुपमा देखिएको नुनको समस्या, विद्यूत अनियमितता र खानेपानीका विषयमा सम्बन्धित कार्यालय पुगेर टोलीले ध्यानकर्षण गराएको छ ।

एमाले बाजुरा आफु पनि समस्याको सारथी बनेर दैनिक नागरिकका जीवनसंग जोडिएर अघि बढ्ने भएको छ । कृतिम अभाव सिर्जना गर्न खोज्ने कुनै पनि निकाय र व्यक्तिलाई कानुनको दायरामा ल्याउन पहल गर्ने भएको छ ।

बाजुराली जनताका समस्या र सवाललाई चर्को रुपमा उठान गरी तत्काल सम्बोधन गराउने गरी सिंगो पार्टी एक वचन र कर्मले लागेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरा, नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र बाजुरा, बडीमालिका नगरपालिका लगायत अन्य निकायसंग प्रत्यक्ष टोली पुगेर छलफल र बहस गरेको छ ।

पार्टी अध्यक्ष लालबहादुर ओलीको नेतृत्वमा गएको टोलीमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, सचिव काँशी विक, उपसचिव हरि बहादुर रोकाया लगायत नेताहरुको सहभागीता रहेको थियो । 


    
    

प्रतिक्रिया