गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१०
Dho

सहास नेपालले गर्यो विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ११, २०८१
सहास नेपालले गर्यो विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बाजुरा : सहास नेपालले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गौमुल गाउँपालिका–२ पदमपुर आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक र कपडा सहयोग गरेको हो । 

गाउँपालिकाको समन्वय र सहयोगी हातहरुको समुह (सहास) नेपाल अन्र्तगत सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको आर्थिक सहयोगमा विपन्न तथा जेहेन्दार ११ जना विद्यार्थीलाई वर्षभरी पुग्ने गरी स्टेशनरी सामाग्री र स्कुल डे«स सहयोग गरिएको शिक्षा सहजकर्ता उमेश बोहराले बताएका छन् । 

बालबालिकाको पढाई सहजता गराउँने उद्देश्य सहीत कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थी मध्ये छनोट गरी ११ जना अति विपन्न प्रत्येक विद्यार्थीलाई एक दर्नन कलम, ज्यामिती बक्स, सिशाकलम, स्कुल ड्रेस, झोला, स्वीटर, जुत्ता, मोजा सहयोग गरिएको उनले बताए । 

नियमित चाहिने शैक्षिक सामाग्री र स्कुल ड्रेस पाएपछि विद्यार्थीहरुमा खुशी छाएको छ । अब भने विद्यालय आउने हौसला प्रदान हुने शिक्षकले बताएका छन् । जेहेन्दार र विपन्न बालबालिकालाई छनोट गरी सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर रोकायाले धन्यवाद व्यक्त गरेका छन् । 

प्रतिक्रिया