गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२५
Dho

सहासको शिक्षा परियोजना लागुपछि शैक्षिक सुधारमा सहयोग

१३ सय विद्यार्थी लाभान्वित
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १०, २०८१
सहासको शिक्षा परियोजना लागुपछि शैक्षिक सुधारमा सहयोग

बाजुरा : गौमुल गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार हुँदै गएको छ । गाउँपालिका र सहकार्य गर्ने गैरसरकारी संस्थाहरुले शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्न गरेका प्रयासहरु सफल हुँदै गएका छन् । 

गाउँपालिकाको समन्वय सहयोगि हातहरुको समूह सहास नेपालले आयोजना गरेको पालिकाको शिक्षा नीति कार्यान्वयन विषयमा सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताईएको छ । 
कार्यक्रममा शिक्षक र जनप्रतिनिधीको सहभागिता रहेको थियो । पालिका स्तरीय शिक्षा नीतिलाई थप कार्यान्वयन गरी

गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउँन खेल्नुपर्नै भूमिकाका विषयमा त्रिपक्षीय छलफल भएको सहास नेपाल समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत दिल बहादुर धामीले बताएका छन् ।

गौमुल गाउँपालिकामा सहास नेपाल २०७८ साउँनदेखि लागु भएको थियो । शिक्षा परियोजना लागुपछि शैक्षिक गुणस्तर सुधारमा केही मात्रमा सहयोग पुगेको छ । गाउँपालिकाका ५ वटा विद्यालयका करिव १३ सय बढी विद्यार्थी विभिन्न क्षेत्रमा प्रत्यक्ष रुपमा लाभावित भएका छन् । 

५ वटा संवाद कक्षाबाट १६० जना किशोरीले जीवन उपयोगि सिप सिक्नुका साथै विभन्न सिमपुलक तालिम प्राप्त गरेकी छन् ।  त्यस्तै थप सिकाई उपलब्धी गराउँन ५ वटा टोलमा स्वयंसेवक शिक्षकको व्यवस्थापन गरी कक्षा १ देखि कक्षा ३ सम्मका बालबालिकालाई विद्यालय बाहेकको समयमा पठनपाठन गराउँने गरिएको छ । 

जसले गर्दा विद्यार्थीको शिकाई उपलब्धीमा सहयोग पुगेको छ । भने बालबालिकाले नियमित गृहकार्य गर्ने र पढ्ने बानीको विकास भएको छ । कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले सहास नेपालको शिक्षा परियोजना लागुपछि विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताएका छन् ।

विद्यार्थीको सिकाई उपलब्धी समेत वृद्धि भएको बताउँदै अध्यक्ष रोकायाले आगामी दिनमा पनि सहास नेपालले शैक्षिक गतिविधीका कार्यक्रमहरु निरन्तरता दिने अपेक्षा रहेको बताए । विद्यार्थीको ज्ञान सिप र विद्यालयको चौतर्फीक विकासमा सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरेका छन् । 

त्यस्तै उपाध्यक्ष सीता थापाले पालिकाको शिक्षा नीतिलाई थप कार्यान्वयन गरी शैक्षिक क्षेत्रलाई सुधार गर्न सबै पक्षले सक्रिय हुन जरुरी रहेको बताएकी छन् । आआफ्नो क्षेत्रमा सवल खालको भूमिका खेले मात्र शिक्षा क्षेत्रको विकास सम्भव रहेकाले सबैले जिम्मेवारी भएर लाग्न सुझाव दिएकी छन् ।

सहास नेपाल गौमुल गाउँपालिकाको कीर्तिचौर मावि, मानाकोट मावि, घटाल आधारभूत विद्यालय, पदमपुर आवि र थुमथला आधारभुत विद्यालय काम गर्दै आएको छ । भने ५ वटा संवाद कक्षा र ५ वटा टोल कक्षा समेत सञ्चालन गरी बालबालिकाको क्षमता विकास र सिकाई उपलब्धी सहयोग पुर्याउँदै आईरहेको छ ।

कार्यक्रममा गौमुल गाउपालिका अध्यक्ष हरि बहादुर रोकाया, उपाध्यक्ष सीता थापा वडा अध्यक्षहरु गोरख बहादुर बोहरा, देवेन्द्र बहादुर रोकाया, देव बहादुर रोकाया प्रत्येक प्रधानाध्यापक विभिन्न शाखा प्रमुख एवं प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । 

गौमुल गाउपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथले गर्नु भएको थियो ।

प्रतिक्रिया