गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१४
Dho

गौमुल गाउँपालिका-४ मा १५० बोट टिमुरका विरुवा रोपिए

गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ०२, २०८१
गौमुल गाउँपालिका-४ मा १५० बोट टिमुरका विरुवा रोपिए

बाजुरा : गौमुल गाउँपालिका ४ मा १ सय ५० बोट टिमुरका विरुवाहरु रोपिएका छन् । वडा कार्यालयको परिसरमा टिमुरका बोटहरु रोपिएको वडाध्यक्ष अमर बहादुर विकले बताएका छन् । 

डिभिजन वन कार्यालयबाट प्राप्त टिमुरका बोटहरु वडा कार्यालय वरिपरी खोली जमिनमा रोपेको उनले बताए । खाली जमिनलाई सदुपयोग गर्ने उद्देश्य सहीत बोटहरु रोपिएको हो । 

मसलाका लागि प्रयोग हुने टिमुरको माग बजार उच्च रहेकाले व्यवसायीक रुपमा खेती गर्नुपर्ने देखिन्छ । तर बाजुराका हिसाबले धेरै मेहनत नगरेरै आयआर्जन हुने भएपनि त्यस तर्फ कसैको ध्यान केन्द्रीत भएको छैनन् । 

टिमुर खेती तिर आकर्षण बढाउँने उद्देश्य सहीत टिमुरका विरुवाहरु रोपिएको वडाध्यक्ष विकले बताएका छन् । कम मेहनतमा बढी आम्दानी हुने खेती तिर लाग्नुपर्ने बताउँदै आफ्नो खाली जमिनमा टिमुर फलाउँन आग्रह गरेका छन् ।  

प्रतिक्रिया