गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

गौमुलमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन

शाखाद्धारा सम्पादित गतिविधी सार्वजनिक
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०१, २०८१
गौमुलमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन

बाजुरा : गौमुल गाउँपालिकामा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरिएको छ । विहीबार एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा गरेको हो ।

गाउँपालिकाका विभिन्न शाखाहरुले एक वर्षको अवधीमा गरेका काम र त्यसको  प्रभावकारीताका बारेमा जानकारी गरिएको बताईएको छ । शुक्रबार सम्म चल्ने वार्षिक समीक्षाको उद्घाटन गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले गर्नु भएको हो ।

समीक्षा कार्यक्रममा शाखा प्रमुखहरुले वर्षभरी सम्पादन गरेका गतिविधी सहीतको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका कर्मचारी लगायतको उपस्थित रहेको समीक्षा कार्यक्रममा प्रत्येक शाखाहरुको २०८०÷८१ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदनहरु माथि सहभागिहरुले आ–आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए । पालिकाको सभाहलमा सञ्चालन गरिएको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया, उपाध्यक्ष सीता थापा, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।   

प्रतिक्रिया