गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२६
Dho

एकल ठाडी भाका गायनमा बाजुराका लक्ष्मी विक द्धितिय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०१, २०८१
एकल ठाडी भाका गायनमा बाजुराका लक्ष्मी विक द्धितिय

बाजुरा : धनगढीमा आयोजना गरिएको एकल ठाडी भाका गायनमा बाजुराका लक्ष्मी विक द्धितिय भएकी छन् । गौमुल गाउँपालिका-६ टुनी स्थायी घर भएकी विकले सुदूरपश्चिम प्रदेश भरिका अन्य प्रतिस्पर्धीलाई पछि पारेकी हुन् ।

रिद्धिसिद्धी पार्टी प्लेसमा सञ्चालन गरिएको राष्ट्रिय संगीतकर्मी संघ नेपाल सुदूरपश्चिमको आयोजना र प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिमको आयोजनामा एकल ठाडी भाका गायनको आयोजना गरिएको हो ।

सहभागी २५ जना मध्ये उत्कृष्ट दोस्रो हुन सफल भएकी हुन् । जसमा प्रथम शेर विष्ट, तृतिय गणेश अवस्थी, सान्त्वना ममता धामी र भगवती साउँद भएका छन् ।

जसमा उत्कृष्ट स्थान ल्याउनेलाई उचित पुरस्कार समेत प्रदान गरिएको राष्ट्रिय संगीतकर्मीसंग बाजुराका अध्यक्ष देव बहादुर बोहराले बताएका छन् ।

प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष निल गगन रोशन सिंहको अध्यक्षतामा सञ्चालन भएको भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर धनप्रसाद सुवेदी रहनुभएको हो ।

कार्यक्रममा ठाडी भाका एकल गायनको डेउडा गायक लालबहादुर धामी (अछामी बडडो), लालबहादुर थापा, ध्वज महरा, शोभा थापा र भुवन दाहाल मुल्याङ्गकनको भूमिकामा रहेका थिए । 

प्रतिक्रिया