गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:०१
Dho

झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किए

गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ २७, २०८१
झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किए

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ । 

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।

प्रतिक्रिया