गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ११:४१
Dho

सुदूरपश्चिमबाट उत्कृष्ट प्रधानाध्यापकमा पाध्याय छनोट

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ २६, २०८१
सुदूरपश्चिमबाट उत्कृष्ट प्रधानाध्यापकमा पाध्याय छनोट

बाजुरा : उत्कृष्ट प्रधानाध्यापमा सुदूरपश्चिमबाट बाजुराकाे मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय छनाेट भएका छन् । जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका पाध्याय सुदूरपश्चिम प्रदेशका स्थानीय तहका विद्यालयका उत्कृष्ट प्रधानाध्यापकका रुपमा छनोट भएका हुन् ।

सरकारले देशभरका स्थानीय तह, विद्यालय र विद्यालयका प्रधानाध्यापक छनोट गर्दा सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट प्रधानाध्यापक छनोट भएर पुरस्कृत हुने भएका छन् ।

विद्यालयको प्रशासनिक काम विद्यालयको शैक्षिक गुणस्तरमा योगदान पुर्याउँदै आएका पाध्याय उत्कृष्ट प्रधानाध्पाकमा छनोट भएका हुन् । लामो समयदेखि मालिका नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रुपमा कार्यरत रहेका छन् ।

उत्कृष्ट प्रधानाध्यापक छनोट भई पुरस्कृत हुुन लागेकोमा पाध्यायलाई शुभचिन्तकले सामाजिक संजालमा बधाई ज्ञापन गरेका छन् । शिक्षाको गुणस्तर वृद्धि तथा शैक्षिक सुधारमा थप योगदान पुग्ने शुभचिन्तकले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया