गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०३
Dho

बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २४, २०८१
बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

बाजुरा : बाजुरामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–१ कोल्टी बजारस्थित माने लुहारको घरमा आगलागी भएको हो । 

बुधबार राति ९ः०० बजे विद्युत सर्ट हुँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, एक ल्याप्टप लगायतको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएपनि अनुमानित १ लाख ५० हजार बराबरको धनमाको क्षति भएको बताईएको छ । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको हो । आगलागीको एकीन विवरण प्रहरीको मुचुल्कापछि मात्रै थाहा हुने बताईएको छ ।   

प्रतिक्रिया