गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ११:३०
Dho

गौमुलमा प्रसनि ऐरी आएपछि प्रहरीको सक्रियता बढ्यो, एकै दिन ६० पेटी मदिरा बरामद

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ २२, २०८१
गौमुलमा प्रसनि ऐरी आएपछि प्रहरीको सक्रियता बढ्यो, एकै दिन ६० पेटी मदिरा बरामद

बाजुरा : गौमुल गाउँपालिका पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ । प्रहरी सहायक निरीक्षक हिक्मत सिंह ऐरी ईलाका प्रहरी कार्यालय गौमुलमा आएपछि शान्ति सुरक्षामा प्रहरीको सक्रियता बढेको हो । 

आज एकै दिन गाउँपालिकामा प्रहरीले ६० पेटी मदिरा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक ऐरीको कामाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सदरमुकाम मार्तडीबाट लिदैँ गरेको कमसल खाले अवैध मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन् । 

गाउँपालिकाको केन्द्र घट्मुनामा  सु.प.प्र ०१००२ त ५१९१ नम्बरको ट्याक्टरमा सिम बजार लिन लागेको ६० पेटी अवैध मदिरा बरामद गरिएको उनले बताए । गाउँपालिकामा प्यालाष्टिकको बोतलमा प्याकिङ्ग गरेको मदिरा विक्रि वितरण निषेध गरेको छ ।   

तर नियमको उल्लघंन गरी लुकीछिपी प्यालाष्टिको बोतलमा प्याकिङ्ग मदिरा विक्रि वितरणका लागि ल्याएको अवैध मदिरा बराम गरिएको हो । पछिल्लो समय प्रहरीले गाउँपालिकाभरि नै कमसल, अवैध र घरेलु मदिरा नियन्त्रण कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । 

पालिकाले निषेध गरेको कमसल र घरेलु लुकीछिपी विक्रि गर्ने गरेपछि समाजमा विभिन्न अराजक क्रियाकलाप बढेको भन्दै प्रहरीले सक्रियता बढाएको र यसमा सबै जनप्रतिनिधि र सरोकारवालाको सहयोग रहेको प्रहरीले जनाएका छन् । 

त्यस्तै प्रहरीले गाउँपालिकामा समुदाय स्तरमा प्रहरी साँझेदारी कार्यक्रम अन्र्तगत लैगिङ्ग हिंसा, घरेलु हिंसा, बालविवाह, बहुविवाह तथा लागुऔषध सम्बन्धी विभिन्न ठाउँमा अन्तरक्रिया, छलफल तथा प्रशिक्षण गर्ने गरिएको छ ।

प्रतिक्रिया