गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५३
Dho

गौमुल गाउँपालिकाले नेपाल र नेदरल्यान्डबीचको खेल प्रत्यक्ष प्रसारण गर्ने

बाजुरा
रमित वि.क.
मङ्गलबार, जेठ २२, २०८१
गौमुल गाउँपालिकाले नेपाल र नेदरल्यान्डबीचको खेल प्रत्यक्ष प्रसारण गर्ने

बाजुरा : बाजुराको गौमुल गाउँपालिकाले ‘टी–ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।गाउँपालिकाको केन्द्र घट्मुनामा टी–ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्न सबैका लागि पालिकाले प्रत्यक्ष प्रसारण गर्ने उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

नेपाली समय अनुसार आज मंगलबार साँझ ९ः१५ बजे बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि गाउँपालिकाबाट ठूलो पर्दाबाट प्रत्यक्ष प्रसारण गर्ने गरी व्यवस्थापन गरेकाे प्रशासन सहायक गणेश बहादुर रोकायाले बताएका छन् ।

नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रँदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने भएको छ । टी–ट्वान्टी विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले देशभरका स्थानीय सरकारलाई खेलाडी तथा खेलप्रेमीहरुको हौसला बढाउने वातावरण बनाउन निर्देशनको पालना गर्दै गाउँपालिकाले आफ्नै सभा हलमा व्यवस्थापन गरेको हो । 

No description available.

प्रतिक्रिया