गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५१
Dho

बाजुरामा बुहविवाहका फरार प्रतिवादी पक्राउ

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ २१, २०८१
बाजुरामा बुहविवाहका फरार प्रतिवादी पक्राउ

बाजुरा : बाजुरामा बहुविवाह मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बडीमालिका नगरपालिका–७ जिल्लीका २८ वर्षीया मन बहादुर विक पक्राउ परेका हुन् । 

जिल्ला अदालत बाजुराले २०७९ असार २९ गते उनलाई जरिवाना र सजाए सुनाएको थियो । अदालतले विकलाई ११ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उक्त फैसलापछि उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटि गएको प्रहरी टोलीले जिल्लीमै आइतबार फेला पारी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन् । उनलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा बुझाईएको गिरीले बताएका छन् । 

प्रतिक्रिया