गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२५
Dho

प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित छानबिन समिति पारित हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ १५, २०८१
प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित छानबिन समिति पारित हुने

काठमाडौं : प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय छानबिन समिति गठनको विषय पारित हुने भएको छ।  दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकपश्चात बस्ने बैठकमा सहकारी ठगीमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यदेशसहित पारित हुने भएको हो।

आज बिहान कानुनमन्त्रालयमा बसेको कार्यदलको बैठकले सहमतिका विषय टुंग्याएको छ। सहमतिलाई प्रधानमन्त्रीसमक्ष पेश गरेपछि सार्वजनिक गर्ने तयारी छ।

सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने र बैठकमा पेश हुने कांग्रेस संसदीय दलको बैठकपश्चात प्रमुख सचेतक लेखकले पारित हुने बताए।

सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबीच कार्यादेशबारे सहमति जुटेपछि ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको हो ।

समिति गठनमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले चलकता अपनाएका छन्। सहमतिको कुनै व्यक्तिको नाम वा पद नलेख्ने तर सहकारीको रकम जहाँ जहाँ गएको छ त्यसबारे छानबिन हुनेछ

प्रतिक्रिया