गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:३१
Dho

बाजुरा कारागारमा कैदीबन्दीबीच कुटाकुट

गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ १३, २०८१
बाजुरा कारागारमा कैदीबन्दीबीच कुटाकुट

बाजुरा : बाजुरा कारागारमा कैदीबीच लफडा भएको छ । आइतबार कैद भुक्तान गरिरहेका कैदीबीच कुटाकुट भएको हो । कैदीको आपसी सामान्य लफडा सहीत जिल्लाको त्रिवेणी नगरपालिका–९ का तुलाराम थापामाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आफूमाथि १२÷१३ जनाको समूहले निर्घात कुटपिट गरेको पीडित थापाले बताएका छन् । कारागारभित्र थापालाई कैदी शेरबहादुर ऐरी भन्नेले कुटपिट गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताएका छन् ।

घटनाको विस्तृत बुझ्ने उनले बताए । यता जिल्ला कारागार प्रशासक अनिल कुमार तिवारीले आफू बाहिर रहेको र घटनाको विस्तृत बुझ्दा सामान्य लफडा भएको बताएका छन् । 

उनले भने झगडाको विषयमा कारागामा रहेका चौकीदार लगायतलाई बोध्दा भनाभनपछि सामान्य कुटाकुट भएको बताएका छन्, म केही समयपछि पुग्दै छु, लफडा किन, कसरी भयो भन्ने बारेमा छानविन गरिने बताएका छन् ।

आफूमाथि निर्घात कुटपिट सहीत चोटपटक लागेको भन्ने कैदी थापालाई जिल्ला अस्पताल बाजुराको ओपीडि तथा इमरजन्सी कक्षमा उपचार भईरहेको उनले बताए । चोटपटक लागेको चेकजाँच सहीत डाक्टरको रिपोर्टपछि मात्रै भन्न सकिने तिवारीले बताएका छन् । चोटपटक लाग्दा पनि प्रशासनले आफूलाई वास्ता नगरेको भन्ने आरोप उनले आवेशमा आएर भनेको बताएका छन् । 

प्रतिक्रिया