गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०९
Dho

बडीमालिका-२ लाई छाउ गोठमुक्त वडा घोषणा

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ १२, २०८१
बडीमालिका-२ लाई छाउ गोठमुक्त वडा घोषणा

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका–२ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख अमर बहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् ।

वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि वडालाई भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो। वडा कार्यालयको आयोजना र नगर महिला तथा बालबालिका शाखाको समन्वयमा वडालाई छाउ गोठमुक्त घोषणा गरिएको वडाध्यक्ष डमर महतले बताएका छन् । 

सामाजिक कुरीति र कुसंस्कार अन्त्यका लागि किशोरी, महिला, धामीझाक्रि र जनप्रनिनिधीले समुदायमा जनचेताना सन्देश दिई छाउपडी प्रथा अन्त्य गर्ने लामो समयको प्रयासपछि वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको उनले बताए ।

घोषणा कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दल, महिला, किशोरी, नागरिक समाज, धामीझाक्रि लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर घोषणा गरेका हुन् । वडाका २ सय ७० घरपरिवारले छाउपडी महिला, किशोरीहरुलाई घरभित्र सुरक्षित बसाल्ने, खानपानमा विभेद नगरी विशेष ध्यान दिने, महिनावारी भएको बेला आराम सहीत पोषिला खानेकुार खुवाउँने जस्ता प्रतिवद्धता व्यक्त गरेका छन् । 

छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रममा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले सामाजिक कुसंस्कारलाई अन्त्य गर्ने अभियानमा लागि रहेको बताएका छन् । समाजमा रहेका कुरीतिलाई जरैदेखि उखेल्न सबैले सक्रिय हुन आवश्यक रहेको उनले बताए ।  

कुरीतिको असर पत्यक्ष महिला तथा किशोरीमा पर्ने भएकाले यसको अन्त्यका लागि जनचेताना जोगाउन सबैले एकजुट भएर लाग्नुपर्ने नगर प्रमुख खड्का बताएका छन् । यसअघि बडीमालिका नगरपालिकाका–३, ४, ५, ६ र ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेको छ । भने आगामी वर्ष ७ र ८ नम्बर वडालाई घोषणा गर्ने तयारी रहेको नगरपालिको जनाएको छ ।

प्रतिक्रिया