गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५९
Dho

बाजुरामा ७ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ १२, २०८१
बाजुरामा ७ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

बाजुरा : बाजुरामा ९ हजारभन्दा धेरै बालबालिकालई जेठ १३ गतेदेखि पोलियो विरुद्धको आइपीभी लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले शनिबार मार्तडीमा पत्रकारसँग अन्तरक्रिया गर्दै २०८१ जेठ १३ गतेदेखि १८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी भईरहेको जानकारी गराएको हो ।

जिल्लाका ९ वटै स्थानीय तहका ७ हजार ३ सय १९ जना बालबालिकालाई पालियो विरुद्धको आइपीभी खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । 

२०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी रहेको उनले बताए । जसका लागि तीन सय खोप केन्द्र निर्धारण गरिएका छन् । खोप लगाउँने उमेर समूहका सबै बालबालिकाहरु विद्यालय जाने भएकाले विद्यालयमै गएर खोप लगाउँने उनले बताए । त्यही अनुसारको जनशक्ति सहीत तयारी थालिएको प्रमुख चन्दले बताएका छन् ।      

तोकिएको समयमा पोलिया विरुद्धको आइपीभी खोप लगाउँने छुटेका बालबालिकालाई २६ गते पनि लगाइँने भएको छ । खोप केन्द्रमा ३ सय स्वास्थ्यकर्मी र ६ सय स्वयंसेवक खटिने भएका छन् । 

पोलियोविरुद्ध ०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि ०७३ देखि ०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका उक्त खोपबाट बञ्चित भएकाले यस पटक खोप अभियान सञ्चालन गरिएको उनले बताए । 

२०७० चैत १३ मा दक्षिण एशियाका सबै मुलुकमा पोलियोको बिरामी शून्य अवस्थामा रहेको घोषणा गरिएको थियो । तर पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखा परिरहेकाले ती देशबाट पोलियो संक्रमण हुनसक्ने संभावना भएकाले खोपलाई निरन्तरता दिनुपरेको प्रमुख चन्दले बताए । 

प्रतिक्रिया