गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१२
Dho

नेकपा एमाले बाजुराद्धारा आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बनाउने प्रस्ताव पारित

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ १०, २०८१
नेकपा एमाले बाजुराद्धारा आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बनाउने प्रस्ताव पारित

बाजुरा : नेकपा एमाले बाजुराले जिल्लाको विकासका लागि महत्वपूर्ण निर्णय सहीत प्रस्तावहरु पारित गरेको छ । आज प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टीको निर्णय सहीत पारित गरेका ५ प्रस्तावहरु सार्वजनिक गरेको हो ।

एमाले जिल्ला कमिटी बाजुरामा भर्खरै निर्वाचित पदाधिकारीहरुको जेठ ७ गते बसेको पहिलो बैठकबाट बाजुरालाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन लगानीको वातावरण खोज्न सरोकारवाल निकाय समक्ष पहल कदमी गर्ने प्रस्ताव पारित गरिएको जिल्ला कमिटी सचिव काँशी विकले बताएका छन् ।

बाजुराको विकास, समृद्धि र सुशासनका लागि राजनीतिक दलहरुबीच आपसी संवाद, समझदारीको वतावरण सिर्जना गर्ने र राजनीतिक संस्कारको विकास गर्न जिल्लालाई एकतावद्ध बनाउने संकल्प पारित गरेको छ । 

त्यस्तै जिल्लालाई आर्थिक, सामाजिक विकासकामा उन्मुख बनाउनका लागि स्थानीय कृषि उत्पादनलाई बढवा दिई व्यवसायीकरणमा लैजान लगानीको वातावरणका लागि सरकारलाई ध्यानाकर्षण गराउने प्रस्ताव समेत पारित गरिएको सचिव विकले बताएका छन् । 

वर्तमान समीकरण निर्माण गर्न अथक प्रयास र मिहिनेत गर्ने पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विशेष धन्यवाद सहीत शक्ता समीकरणलाई शसक्त बनाउन स्थिरतालाई निरन्तरता दिन अपिल गरेको उनले पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरेका छन् । 

त्यस्तै सुदूरपश्चिम सरकारलाई जनताप्रति पूर्ण जवाफदेशी बनाउन र जनमुखि कार्यका लागि विशेष भूमिका निर्वाह गर्न समीकरणमा संलग्न दलहरुलाई अपिल गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव विकले बताएका छन् । 

त्यसैगरी जेठ महिनाको मसान्तभित्र ९ वटै स्थानीय तहका कमिटीहरुको अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पारित गरेको छ । एमाले जिल्ला कमिटी बाजुराको जेठ ७ गते बसेको बैठकले शोक प्रस्ताव समेत पारित गरेको छ । 

एमालेका सदस्य तथा पिन नेपालका जिल्ला अध्यक्ष दिपक भारतीकी आमाको रुखबाट लडेर असामुयीक निधन भएकोप्रति श्रद्धाञ्जली सहीतको शोक प्रस्ताव पारित गरिएको उनले बताए ।

प्रेस चौतारी जिल्ला समिति अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमाले प्रदेश कमिटी सदस्य गगन रावल रहनुभएको थियो । भने विशिष्ट अतिथिमा जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली, सचिव काँशी विक, उपसचिव हरि बहादुर रोकाया रहेका थिए । 

कार्यक्रममा जिल्ला कमिटी सदस्य मनदेवी ओली, सीता थापा, अमर विक, नरेन्द्र थापा, धनलक्ष्मी जैशी, प्रेस चौतारी सुदूरपश्चि प्रदेश अध्यक्ष कृष्ण ओली, केन्द्रीय सदस्य बसनत विश्वकर्मा, संस्थापक प्रकाश सिंह, पत्रकार महासंघ अध्यक्ष छक्क मल्ल लगायत विभिन्न संचार माध्यममा कार्यरत्त पत्रकारहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया