गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४६
Dho

बाजुराको जनप्रकाश माविका विद्यार्थी बोेकेको जीप दुर्घटना, १४ घाइते

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ १०, २०८१
बाजुराको जनप्रकाश माविका विद्यार्थी बोेकेको जीप दुर्घटना, १४ घाइते

बाजुरा : बाजुराको जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । रारा शैक्षिक भ्रमणका लागि गएका विद्यार्थी बोकेको बोलेरो जिप खत्याड गाउँपालिका–२ हिलटोप खोला नजिकै दुर्घटना भएको हो । 
बुढीनन्दा नगरपालिका–२ मा रहेको जनप्रकाश माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई बोकेर रारा जादै गरेको ग.१ज. ८२४९ नम्बरको जिप दुर्घटना हुँदा शिक्षक सहीत १४ जना घाइते भएको  श्रीकोट रोल प्रहरी चौकीका प्रहरी हवल्दार राजेन्द्र मल्लले जानकारी दिएका छन् । 

घाइते हुनेमा ११ जना विद्यार्थी, २ जना शिक्षिका र जिप चालक रहेको प्रहरी हवल्दार मल्लले बताए । हिलटपक खोला नजिकै उकालोमा चढ्न नसकेर जीप दुर्घटना हुँदा विद्यार्थी सर्मिला साहानी, लक्ष्मी रोकाया, प्रियाङ्का गिरी, ज्योती रोकाया, दिपीका रावत, विमला विष्ट, निशा दमाई, पशुपति बोहोरा, करुणा महत, सुरज शाही, रेजिना कार्की, शिक्षिका सुशिला गिरी, निर्मला भण्डारी र जीप चालक लाल बहादुर भण्डारी घाइते भएको उनले बताए ।

घाइते विद्यार्थी, शिक्षिका र चालकको खत्याड गाउँपालिका वडा नं ११ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा उपचार भैरहेको छ । प्रहरी हवल्दार मल्लका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया