गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

बाजुरामा भोली विद्युत सेवा अवरुद्ध हुने

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०९, २०८१
बाजुरामा भोली विद्युत सेवा अवरुद्ध हुने

बाजुरा : बाजुरामा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै भोली दिनभरी जिल्ला सदरमुकाम मार्तडी लगायतका स्थानमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तर्गत साफँ मार्तडी ३३ के.भी लाइन मर्मत गर्न भोली विहान ८ बजेदेखि साझ ५ बजेसम्म लाइन सट्डाउन गरी काम गर्नुपर्ने हुँदा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । 

यद्यपी तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा सुचारु हुने समेत सूचना मार्फत जानकारी गराएको छ ।  बाजुरामा पछिल्लो समय मौसम प्रतिकुल हुने बिक्तिकै  पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको छ । 

प्रतिक्रिया