गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१४
Dho

बाजुराको कोर्धमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ ०८, २०८१
बाजुराको कोर्धमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

बाजुरा : बाजुरामा घरमा लुकाई राखेको दुई थान भरुवा बन्दुकसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । बडीमालिका नगरपालिका–६ कोर्धका लाबहादुर बडुवालको घरबाट अवैध दुई थान भरुवा बन्दुक बरामद गरी उनलाई पक्राउ गरको हो ।

सोमबार बुढाकोर्ध भन्ने लेखमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । सोही घटनाको अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अवैध रुपमा एक लोड गरेको र अर्को लोड नगरेको बन्दुक घरमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन् । 

घटनाको सोधपुछका लागि लाल बहादुर सहीत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा उनको घर तलासी गर्दा अवैध बन्दुक फेला पारेको उनले बताए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी गिरी बताएका छन् । 

प्रतिक्रिया