गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५४
Dho

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ ०८, २०८१
संसदीय छानबिन समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी रहेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठकमा कानुनमन्त्री पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार,कांग्रेस नेता ज्ञानेन्द्र कार्की र रास्वपाका नेता शिशिर खनाल  सहभागी छन्।

सत्ता पक्ष र विपक्षबीच लामो छलफलपछि छानबिन गर्न समिति बनाउन सहमत भएर समितिको क्षेत्राधिकार टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको हो। तर विभिन्न चरणमा छलफल हुँदा पनि आइतबार कार्यदेशमा सहमति हुन सकेको छैन। 

मूलत : कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन। सत्तापक्षले ‘व्यक्ति केन्द्रित’ छानबिन समिति बन्न नसक्ने अडान राखेको छ। जसले गर्दा प्रतिनिधि सभाको अवरोधकै बीच सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए।

सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न सत्ता पक्ष तयार नभएको कांग्रेसको आरोप छ।

संसदीय समितिले समग्र सहकारीको ठगीको छानबिन गरी सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यादेश बनाउनुपर्ने सत्तापक्षको भनाइ छ। छानबिन समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने कांग्रेसको अडान छ। आज ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्रतिक्रिया