गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०६
Dho

बाजुरामा एक महिला मृत फेला, हत्याको आशंका

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ ०७, २०८१
बाजुरामा एक महिला मृत फेला, हत्याको आशंका

बाजुरा : बाजुरामा एक महिला मृत फेला परेकी छन् । सोमरबार विहान बडीमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीय धौली बडुवाल गाउँकै बुढाकोर्ध लेखमा मृत फेला परेकी हुन् । 

मृतक बडुवाल बुढाकोर्ध भन्ने लेखमा एक्लै बस्दै आएकी थिइन् । आज विहान करिब ७ बजे गाउँबाट घाँस काट्न गएकी महिलाहरुले बडुवाललाई मृत फेला पारेको हो । बडुवाललाई बोलाउँदा, नबोलेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा फेला पारेको आफन्तले बताएका छन् । 

मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । उनका आफन्तले भने कसैले हत्या गरेको बताएका छन् । प्रहरीको टोली घटनास्थल गएर शव ल्याईसकेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन् ।

मृतक बडुवालको शरिरको विभिन्न भागमा चोटपटक लागेको उनले बताए । उनले भने चोटको आधारमा हत्या गरिएको हो की भन्ने शंका रहेको छ । तर अहिले नै हत्या भन्न चाही सकिदैन्, अनुसन्धान अगाडी बढाईसकेका छौ । 

अनुसन्धानपछि मात्रै एकीन हुने गरीले उनले बताए । मृतक बडुवालका १ छोरा र एक छोरी रहेका छन् । उनको शव पोष्र्टमाटमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको डिएसपी गिरी बताएका छन् ।

प्रतिक्रिया