गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

एमाले बाजुराका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ ०७, २०८१
एमाले बाजुराका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ

बाजुरा :  नेकपा एमाले बाजुरा जिल्लाको आठौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार भएको निर्वाचनबाट सिङ्गो जिल्ला कमिटी मतदानबाट निर्वाचित भएको थियो ।

नवनिर्वाचित अध्यक्ष लाल बहादुर ओलीसहितका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पदाधिकारीसहित जिल्ला कमिटी सदस्यहरुलाई निर्वाचन आयोजना कमिटीका मनोज खड्काले पद तथा गोपनीयताको शपथ खुवाएको नवनिर्वाचित उपाध्यक्ष जनक कुमार बोहराले बताएका छन् । 

जिल्ला खेलकुदको प्राङ्गणमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाउने कार्यक्रम आयोजना गरेको हो । शपथ ग्रहण कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लाल बहादुर थापा, प्रकाश शाह, सहदेव बोगटी लगायत प्रदेश तथा जिल्ला तहका नेताहरुको उपस्थित रहेको थियो ।

एमाले बाजुरा जिल्ला कमिटीको आठौं अधिवेशनबाट अध्यक्षमा लाल बहादुर ओली, सचिवमा कासी विक, उपसचिमा हरी बहादुर रोकाया, महिला उपसचिवमा राजकला सार्की सहीत केही सदस्यहरु निर्वाचित भएका थिए ।

May be an image of 6 peopleजेठ १ गतेबाट सुरु भएको अधिवेशनको सहमतीको प्रयास असफल भएपछि मतदान भएको थियो । अधिवेशनमा नेताद्धय कर्णबहादुर थापा र लालबहादु थापा प्यानलबीच भएको प्रतिस्पर्धामा लाल बहादुर थापाको सिङ्गो प्यानल नै विजयी भएको हो ।

कर्ण थापा प्यानलबाट भरत थापा अध्यक्षमा लडेका थिए । भने लाल बहादुर थापाको प्यानलबाट लाल ओली उम्मेदवार रहेका थिए । मतदानबाट ओलीको सिङ्गो प्यानल नै विजयी भएको हो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य थापाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई सहीत प्रमाणपत्र पनि प्रदान गरेका छन् । अहिलै एमाले जिल्ला कमिटी बाजुराको पहिलो बैठक बस्ने तयारी रहेको बताइएको छ । 
 

प्रतिक्रिया