गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

नेकपा एमाले बाजुराको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ ०६, २०८१
नेकपा एमाले बाजुराको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

बाजुरा : नेकपा एमाले जिल्ला कमिटी बाजुराको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आठौं जिल्ला अधिवेशनको मतदान खेलकुद हलमा सुरु भएको निर्वाचन कमिटीले जनाएको छ । 

चार दिन सम्म सहमती नहुँदा अन्नत मतदान भएको हो । दुई टिमबीच सहमती र समझदारी नभएपछि निर्वाचन प्रक्रिया अगाडी बढाएको थियो । 

नेकपा एमाले जिल्ला कमिटी बाजुराको नयाँ नेतृत्व चयनका लागि आइतबार विहान ७ बजेबाट मतदान सुरु भएको हो । सहमतीका लागि भएका प्रयास असफल भएपछि मतदान भएको निर्वाचन कमिटीले जनाएको छ । 
अध्यक्षका प्रत्यासीद्धय लाल बहादुर ओली र भरत थापाले मतदान गरी मतदान सुरु गराएका छन् । नेकपा एमाले बाजुराको इतिहासमै पहिलो पटक निर्वाचन भएको हो । 

स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापा प्यानल बिचको चुनावी प्रतिस्पर्धा हुने भएको छ । नेताद्धय कर्णले भरत थापालाई अध्यक्षका उम्मेदवार बनाएका छन् । भने लाल बहादुर थापाले लाल बहादुर ओलीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । 

थापाको टिमबाट उपाध्यक्षमा मेघराज शाही, सचिव जनक विष्ट, उपसचिव मानबहादुर रोकाया अर्जुन र कल्पना साउँद उम्मेदवार रहेका छन् । भने ओलीको टिमबाट उपाध्यक्षमा जनक कुमार बोहरा, सचिवमा कासी विक, उपसचिव हरि रोकाया र राजकला सार्की छन् ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको अधिवेशनबाट ४३ सदस्य भने निर्विरोध निर्वाचित भईसकेका छन् । जिल्ला कमिटीमा जम्मा ९० जनाको पद रहने छ । निर्वाचित मध्ये बाकी रहेका पदका लागि अहिले मतदान हुँदै छ । नयाँ नेतृत्व चयनका लागि ४ सय ३९ जना प्रतिनिधी मतदान गर्ने छन् ।

प्रतिक्रिया