गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४६
Dho

नेकपा एमाले बाजुराको जिल्ला अधिवेशन : ४३ जना सदस्य निर्विरोध निर्वाचित

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ ०५, २०८१
नेकपा एमाले बाजुराको जिल्ला अधिवेशन : ४३ जना सदस्य निर्विरोध निर्वाचित

बाजुरा : नेकपा एमाले बाजुराको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसंगै उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक गरेको छ । केही सदस्य सर्वसम्मत चयन भएका छन् । भने सहमती नभएका पदका लागि निर्वाचन हुने भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको अधिवेशनबाट ४३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा बडीमालिका नगरपालिकाबाट ३ जना, हिमाली गाउँपालिकाबाट ४ जना स्वामिकार्तिक खापर गाउँपालिकाबाट ३ जना, जगन्नाथ गाउँपालिबाबाट ७ जना सर्वसम्मत चयन भएका छन् ।  

त्यस्तै गौमुल गाउँपालिकाबाट ८ जना, बुढीनन्दा नगरपालिकाबाट १ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ६ जना बुढीगंगा नगरपालिकाबाट ७ जना र त्रिबेणी नगरपालिकाबाट ४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसबाहेक अन्य सदस्य तथा पदाधिकारीहरुको चिर्वाचन प्रक्रिया अगाडी बढेको र मतदान हुने बताइएको छ । अध्यक्ष पदका लागी २ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला कमिटीको नेतृत्व चयन दुईधारमा विभाजन भएको छ । नेताद्धय कर्णबहादुर थापा र लाल बहादुर थापाले आआफ्ना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।

प्रतिक्रिया