गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५७
Dho

एमाले जिल्ला कमिटी सदस्यमा गौमुलबाट अमर विकसहित ५ जना सर्वसम्मत

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ ०५, २०८१
एमाले जिल्ला कमिटी सदस्यमा गौमुलबाट अमर विकसहित ५ जना सर्वसम्मत

बाजुरा : नेकपा एमाले जिल्ला कमिटी बाजुरामा गौमुल गाउँपालिकाबाट सदस्य सर्वसम्मत चयन भएका छन् । जेठ १ गते उद्घाटन भएको जिल्ला अधिवेशनको बन्दसत्र शुक्रबार सुरु भएको थियो । 

नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनबाट भूगोल तर्फको जिल्ला कमिटी सदस्यमा अमर विकसहित ५ जना सर्वसम्मत चयन भएका हुन् । जिल्ला कमिटी सदस्यमा गोरख बोहरा, देबेन्द्र बहादुर रोकाया, अमर विक, देब बहादुर रोकाया र राजीव रोकाया सर्वसम्मत चयन भएका छन् ।

जिल्ला कमिटीको नयाँ नेतृत्व चयन प्रक्रिया अघि सरेसंगै भूगोल तर्फको सदस्य लगभग सबै पालिकाको सर्वसम्मत नै हुने देखिएको छ । तर अध्यक्षका लागि भने कर्डा प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भईसकेको छ । नेताद्धय लालबहादुर थापाले लालबहादुर ओलीलाई अध्यक्षमा अघि सारेका छन । भने कर्ण बहादुर थापाले भरत थापालाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

त्यस्तै उपाध्यक्षमा जनक कुमार बोहरा र मेघराज शाहीको उम्मेदवारी रहेको निर्वाचन जिल्ला कमिटीले सार्वजनिक गरेको छ । सचिवमा कासी विक, जनक विष्ट, उपसचिवमा हरी बहादुर रोकाया, मानबहादुर रोकाया र महिला उपसचिवमा राजकला सार्की, कल्पना महतको उम्मेदवारी रहेको छ । ५ जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी खुला सदस्यमा २५ जना, खुला महिलामा ६ जना, दलित महिला ४ जना, दलित खुलामा १२ जना, युवा खुलामा ७ जना, दलित युवामा ५ जना, जनजाती महिलामा २ जना, जनजाती पुरुषमा १ जना पिछडीएको क्षेत्र १ जना मुस्लीम १ जना गरि सदस्यहरुमा १८२ जनाको उम्मेदवार रहेका छन । 

तर नेकपा एमालेको जिल्ला कमिटीमा ९० जनाको मात्र रहने निर्वाचन कमिटीले जनाएको छ । बाजुरामा एमाले अधिबेशनका लागि ४ सय ३९ जना पार्षद रहेका छन । सदस्यमा मात्र ५७ जनाको उम्मेदावरी परेको छ । जिल्लाको कमिटीमा ९० जना सदस्यीय कमिटी बन्ने निर्वाचन कमिटीले बताएको छ ।

प्रतिक्रिया