गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:००
Dho

अध्यक्षको रेशबाट बाहिरिए रंगमान, कर्ण थापाले भरत रोजेपछि रंगमानलाई अर्को धोका

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ ०५, २०८१
अध्यक्षको रेशबाट बाहिरिए रंगमान, कर्ण थापाले भरत रोजेपछि रंगमानलाई अर्को धोका

बाजुरा : नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य रंगमान शाही एमालेका पुराना नेता हुन् । बाजुरामा पार्टी स्थापनामा योगदान पुर्याएका शाहीले यो पटक अध्यक्षको आकांक्षा राखेका थिए । तर दुइ टिमको अन्तरसंघर्षको लडाइबाट शाही भने रेसबाट बाहिरिएका छन् ।

बाजुरामा एमाले नेताद्वय कर्णबहादुर थापा र लालबहादुर थापाबीच शक्ति संघर्ष चर्को छ । लालबहादुर थापाले लालबहादुर ओलीलाई अध्यक्षमा अघि सारेका छन, भने कर्ण बहादुर थापाले भरत थापालाई अध्यक्षको उम्मेदवार बनाएका छन् । कर्ण थापा टिममा उभिएका रंगमान शाहीलाई थापा स्वयमले धोका दिएका छन् ।

टिम व्यवस्थापनमा स्थायी कमिटी सदस्य कर्ण थापाले भरत थापालाई रोजेपछि रंगमान शाही रेसबाटै बाहिरिएका हुन् । सकेसर्वसम्मत अध्यक्ष बनाउने नसके अध्यक्ष लडाएर जिताउने विश्वास दिलाएपनि अन्तत कर्ण थापाबाट शाहीले धोका पाएका हुन् ।

रिङ आउट भएपछि शाहीको पछि लागेका कार्यकर्ता केन्द्रिय सदस्य लालबहादुर थापाको टिमसंग सहकार्य गर्ने गृह कार्यमा जुटेका छन् । कोल्टी क्षेत्रका चार पालिकामा केहि प्रभाव रहने कुरामा पनि रंगमानको रिङ आउटैसँगै त्यो अवस्थामा बदलाव आउने निश्चित जस्तै बनेको छ ।

कस्को उम्मेदवारी भन्ने विषय सहमति भइरहेकै बेला भरत थापाले आफै हुनु पर्ने अडान राखेको र कर्ण थापा स्वयमले भरतलाई नै जोड गरेपछि अध्यक्षको उम्मेदवारीबाट शाही बाहिरिएका हुन् । शाहीको राजनीतिक जीवनको अध्यक्ष बन्ने अन्तिम इच्छा कर्ण थापाकै कारण अधुरो रहेको छ ।

प्रतिक्रिया